site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गुरुप्रसाद मैनालीको कृति ‘परालको आगो’मा चलचित्र बन्ने 
Tiktok banner adTiktok banner ad

काठमाडौं । कथाकार गुरुप्रसाद मैनालीको कृति ‘परालको आगो’मा आधारित रहेर चलचित्र निर्माण हुने भएको छ । मैनाली कथा पुरस्कार ट्रस्टले हरिओम सिने मेकर्स निर्माता कम्पनीलाई निर्माणका लागि अनुमति दिएको छ । 

‘परालको आगो’ मैनालीको कथा संग्रह ‘नासो’मा संग्रहित छ । निर्माता सुशीलकुमार पोखरेललाई कथाकार मैनालीका छोरा माधवप्रसादले ‘कथाको मर्म नबिग्रने गरी’ निर्माणको अनुमति दिएको निर्माणपक्षले जारी गरेको प्रेस नोटमा उल्लेख छ । 

निर्माता पोखरेलका अनुसार चलचित्र २०८२ को दसैँमा प्रदर्शन हुनेछ । यही नाममा ४५ वर्षअघि निर्देशक प्रताप सुब्बाले चलचित्र निर्माण गरेका थिए ।

निर्माता पोखरेलले यसपटक लोकेसन, प्रस्तुतिकरण र पटकथालाई फरक किसिमले प्रस्तुत गर्न लागेको बताए । 

निर्देशक लक्ष्मण सुनारको निर्देशन रहने चलचित्र फागुनदेखि छायांकनमा जानेछ । कलाकार निश्चित गर्न बाँकी छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१  ११:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro