site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

मेलम्ची खानेपानी आयोजनाका केही कर्मचारीले उनीहरूका माग पूरा नभए उपत्यकामा मेलम्चीको पानी वितरण गर्न नदिने धम्की दिएको समाचार केही दिन पहिले सार्वजनिक भएको थियो । यस्तै बैतडीको अर्को समाचारअनुसार  ठेकेदारले पानी ट्या‌कीको साँचो नबुझाउँदा ६४४ वटा धारामा पानी आउन बन्द भएको छ ।
 
मेलम्चीका कर्मचारीको आफ्नै मर्का र माग होलान् तिनको सम्बोधन हुनुपर्छ । बैतडी पाटनका ठेकेदारले पनि काम सकेपछि भुक्तानी पाउनुपर्ने हो । तर, कुनै पनि बहानामा खानेपानी वितरणजस्तो कार्यमा अवरोध गर्नु भने स्वीकार्य हुन सक्तैन ।  यसैले पानी वितरणमा अवरोध हुन दिनु हुँदैन ।
 
मेलम्चीका कर्मचारी मात्रै दोषी भने होइनन् । उनीहरूले आयोजना व्यवस्थापन समक्ष बेलैमा आफ्ना मागहरू राखेकै हुनुपर्छ । व्यवस्थापनका अधिकारीहरूले यस्ता मागमा सम्बन्धित पक्षसँग छलफल गरी बेलैमा समस्या टु‌ंगो लगाउनुपर्थ्यो । पूरा गर्न नसकिने मागकै हकमा पनि कर्मचारीलाई जानकारी दिनुपर्छ ।
 
बैतडीका निर्माण व्यवसायीले पनि पाउनुपर्ने भुक्तानी नपाएका हुन् भने सम्बन्धित अधिकारी दोषी हुन् । कमिसनको चक्कर र ढिलासुस्तीबाहेक सम्भवतः सम्पन्न भएको योजनाको भुक्तानी रोक्नुपर्ने अरू कारण  त नहुनुपर्ने हो । योजनाको गुणस्तरकै प्रश्न पनि हुनसक्छ तर ठेकेदारलाई त्यसका बारेमा बेलैमा जानकारी दिएर साँचो लिन सक्नुपर्थ्यो ।
 
अझै पनि कर्मचारीसँग वार्ता गरेर पानी वितरणमा बाधा पर्न नदिन आयोजना व्यवस्थापनले तदारुकता देखाओस् । त्यति गर्दा पनि कर्मचारीले असहयोग गरे बल प्रयोग गरेर पनि पानी वितरण गराउनु व्यवस्थापनको कर्तव्य हो । खानेपानीकै हकमा त अप्ठेरै परे नेपाली सेनाकै सहयोग लिए पनि गलत हुँदैन ।
 
यस्तै बैतडी पाटनका ठेकेदारसँग साँचो लिएर ६४४ धारामा पानी चलाउन स्थानीय तहले नसके प्रशासनको सहयोग लिनुपर्छ । ठेकेदारले गरेको कामको भुक्तानी पाउनुपर्छ तर त्यसका लागि पानी वितरण रोक्नु भने अपराधै हो । 
 
जुनसुकै बेला जस्तोसुकै सेवा पनि अवरुद्ध गरेर दबाब दिन हुन्छ भन्ने मानसिकता राजनीति गर्नेहरूले बेलाबखत देखाएका छन् । तत्कालीन नेकपा ९माओवादी०ले काठमाडौं घेर्दा वा मधेसी दलहरूले भारतीय भूमिमा बसेर नाकाबन्दी गर्दा औषधिलगायतका अत्यावश्यक वस्तुको आपूर्तिसमेत रोकेका थिए ।  
 
अब यस्तो जनविरोधी हर्कतलाई राज्यले सहनु हुँदैन । यसैले मेलम्चीको पानी वितरण रोक्ने खोज्नेमाथि कारबाही गर्न हिचकिचाउनु हुँदैन । यस्तै, बैतडी पाटनका ठेकेदारले पानी ट्यांकीको साँचो नदिए ताल्चा फुटाएर भए पनि पानी वितरण तत्काल गरियोस् । खानेपानी वितरणमा पनि यस्तो अराजकता र ‘ब्ल्याकमेलिङ’ राज्यले सहँदैन भन्ने स्पष्ट सन्देश तत्काल दिइयोस् । 
 
 
 
 
 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९  १७:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC