site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मन्त्री पाण्डेले दिए आफ्नै पार्टीका सांसदविरुद्ध उजुरी

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंमाथि कारबाहीको माग गर्दै पार्टी अनुशासन समिति र संसदीय दलमा उजरी दिएका छन् । कांग्रेस सहमहामन्त्रीसमेत रहेका पाण्डेले आफूमाथि अमर्यादित, गैरकानूनी र अनर्गल आरोप लगाएको दाबीसहित हदैसम्मको कारबाहीको माग गर्दै उजुरी दिएका हुन् ।

सांसद बजगाईंविरुद्ध थप कानुनी उपचारका लागि कानुन व्यवसायीसँग छलफल गरिरहेको मन्त्री पाण्डेको सचिवालयले जनाएको छ ।

“नेपाली कांग्रेसको निर्वाचित माननीय सांसदले पार्टीको आन्तरिक अनुशासन र मेरो व्यक्तिगत इमान र निष्ठामा धावा बोल्ने गरी भए गरेका निराधार आरोपले मेरो व्यक्तिगत भावनामाथि मात्र गम्भीर चोट नपुगी पार्टीको विचार, सिद्धान्त र आदर्शमा समेत आँच पुगेको छ,” पाण्डेले उजुरीमा भनेका छन्, “लोकतन्त्र र विधिको शासनमा यसखाले अवाञ्छित क्रियाकलापलाई कानुनको दायरामा नल्याएसम्म अराजकताले प्रोत्साहन पाई इमान र निष्ठाको उपहास हुने छ ।”

सांसद बजगाईंले टाइगरटप्सलाई क्यासिनो इजाजत दिँदा भ्रष्टाचार गरेको भन्दै मंगलबार सामाजिक सञ्जलमा पोस्ट गरेका थिए । मन्त्री पाण्डेले आफूमाथि निराधार आरोप लागेकाले त्यसविरुद्ध कानुनी बाटो अपनाउने प्रतिक्रिया दिएपछि सांसद बजगाईंले सबै पोस्टहरू हटाएका थिए ।

पाण्डेले उजुरीमा मन्त्रीको शपथ ग्रहण भएको मितिदेखि नै शृंखलाबद्धरूपमा मन्त्रालयको कामकारबाही र आफ्नो व्यक्तिगत चरित्रको मानमर्दन गरेको पनि उल्लेख गरेका छन् ।

“घुस/रिसवत जस्तो गम्भीर आरोप लगाई, कुप्रचार–प्रसार गर्दै मेरो व्यक्तिगत नैतिक आचारण र ख्यातीमा दोष लगाउने जस्ता कलुसित, अमर्यादित र गैरकानूनी कार्य गरी आउनुभएको छ,” पाण्डेले भनेका छन्, “यस कार्यले नेपाली कांग्रेस पार्टी र मेरो व्यक्तिगत चरित्र र पार्टीको आन्तरिक अनुशासन तथा अंगिकार गरेका मूलभूत विचार र सिद्धान्तलाई समेत खलल पुर्‍याएको छ ।”

आफू व्यक्तिगत र राजनीतिक जीवन दुवैलाई निष्ठा इमानदारी र नैतिकताको मार्गमा अविचलितरूपमा अगाडि बढाइरहेको दाबी गर्दै पाण्डेले कांग्रेस र शीर्ष नेतृत्वले देखाएको त्याग समर्पण र नैतिकताको बाटो पछ्याउँदै राजनीतिमा समर्पित भएको उल्लेख गरेका छन् ।

“मेरो निष्ठा र इमानको बाटोलाई कुनै पनि प्रकारको दाग लाग्न नदिन दृढ संकल्पित छु । माननीय बजगाईंका अवाञ्छित अराजक र गैरकानूनी कार्यले विधिको शासन, लोकतन्त्र, पार्टी र संसदीय पद्धति मर्यादा, कानुन र अनुशासनको समेत गम्भीर उल्लंघन गरेको छ,” उजुरीमा भनिएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१  १२:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro