site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
कतार विश्वकपमा अन्तिम–१६ को समीकरण पूरा
Sarbottam CementSarbottam Cement

काठमाडौं । कतार विश्वकपमा शुक्रबार राति समूह चरणका खेलहरू समाप्त भएका छन् । यससँगै अन्तिम–१६ को समीकरण पनि पूरा भएको छ । ३२ मध्ये १६ राष्ट्रले नकआउट चरणमा स्थान बनाउँदा १६ राष्ट्र घर फर्किएका छन् । 

यसपटक एसियाबाट पहिलोपटक तीन राष्ट्रले अन्तिम–१६ मा स्थान बनाउन सफल भएका छन् । एसियाली राष्ट्र जापान, दक्षिण कोरिया र अष्ट्रेलियाले अन्तिम–१६ मा स्थान पक्का गरेका हुन् । एसियाबाट कतार विश्वकपमा ६ राष्ट्रले प्रतिस्पर्धा गरेका थिए । एसियाबाट यति धेरै राष्ट्रले विश्वकप खेलेको पनि पहिलोपटक हो ।

एसियाबाट आयोजक कतार, इरान, साउदी अरब, जापान, अष्ट्रेलिया र दक्षिण कोरियाले यस विश्वपकमा प्रतिस्पर्धा गरेका थिए । साउदी अरबले अर्जेन्टिनाविरुद्ध २–१ को सनसनीपूर्ण नतिजा निकाल्दा इरानले वेल्सलाई २–० ले स्तब्ध बनाएको थियो । कतार भने जितबिहीन भएर प्रतियोगिताबाट बाहिरिएको थियो । कतारको यो पहिलो विश्वकप पनि हो । 

Prabhu Bank
Agni Group
NIC Asia

युरोपबाट सबैभन्दा धेरै आठ राष्ट्रले अन्तिम–१६ मा स्थान बनाउँदा अफ्रिका र दक्षिण अमेरिकाबाट समान दुई राष्ट्रले अघिल्लो चरणमा स्थान पक्का गरे । उत्तर अमेरिकाबाट अमेरिकाले मात्र नकआउट चरणमा स्थान पक्का गर्यो । 

Global Ime bank

युरोपबाट नेदरल्यान्ड्स, क्रोएसिया, इङ्ल्यान्ड, फ्रान्स, स्पेन, पोर्चुगल, स्विट्जरल्यान्ड र पोल्यान्डले अन्तिम–१६ मा स्थान पक्का गरे । दक्षिण अमेरिकाबाट अर्जेन्टिना र ब्राजिलले अन्तिम–१६ मा स्थान बनाउँदा अफ्रिकाबाट सेनेगल र मोरक्कोले स्थान पक्का गरे । 

नकआउट चरणमा समूह ‘ए’को विजेता नेदरल्यान्ड्सले समूह ‘बी’को उपविजेता अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ । समूह ‘ए’को उपविजेता सेनेगलले समूह ‘बी’को विजेता इङ्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । 

समूह ‘सी’को विजेता अर्जेन्टिनाले समूह ‘डी’को उपविजेता अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ । समूह ‘सी’को उपविजेता पोल्यान्डले समूह ‘डी’को विजेता फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ । फ्रान्स गत संस्करणको विजेता टिम पनि हो । 

समूह ‘ई’को विजेता जापानले समूह ‘एफ’को उपविजेता क्रोएसियाविरुद्ध प्रतिस्पर्धा गर्नेछ । समूह ‘ई’को उपविजेता स्पेनले समूह ‘एफ’को विजेता मोरक्कोविरुद्ध प्रतिस्पर्धा गर्नेछ । 

समूह ‘जी’को विजेता ब्राजिलले समूह ‘एच’को उपविजेता दक्षिण कोरियाविरुद्ध प्रतिस्पर्धा गर्नेछ । समूह ‘जी’को उपविजेता स्विट्जरल्यान्डले समूह ‘एच’को विजेता पोर्चुगलसँग प्रतिस्पर्धा गर्नेछ । 

समूह चरणका खेल समाप्त हुँदा चार पटकको जर्मनी समूह चरणबाट बाहिरिएको छ । जर्मनी लगातार दोस्रो पटक समूह चरणबाटै बाहिरिएको हो । त्यस्तै फिफा वरीयाताको दोस्रो स्थानमा रहेको बेल्जियम पनि समूह चरणबाटै बाहिरिएको छ । दुई पटकको विजेता उरुग्वे, युरोपको डेनमार्क, इक्वेडर, वेल्स, मेक्सिको पनि समूह चरणबाटै बाहिरिए । 


 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर १७, २०७९  ०९:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC