site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
सानफ्रान्सिस्कोमा प्रहरीले ‘किलर रोबोट’ प्रयोग गर्ने !
Sarbottam CementSarbottam Cement

लसएन्जलस । अमेरिकाको सानफ्रान्सिस्कोको रुलिंग बोर्ड अफ सुपरभाइजर्सले नगरका प्रहरीलाई मानिस मार्न सक्ने रोबोट प्रयोग गर्न दिने प्रस्ताव माथि मतदान गरेको छ । 

यस कदमबाट प्रहरीलाई अत्यन्तै प्रतिकूल अवस्थामा गोलीगठ्ठा र बिस्फोटक पदार्थबाट सुसज्जित रोबोटहरु आवश्यक स्थानमा तैनाथ गर्न सक्ने अनुमति प्रदान गर्न सक्छ ।
 
‘स्टप किलर रोबोट्स’ समूहका डा. क्याथरिन कोन्नोल्लीले यस कदमलाई ‘चिप्लो भिरालो’को संज्ञा दिँदै यसले मानिसहरुलाई हत्याबाट टाढा राख्न सक्ने बताएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

नगर प्रहरी अर्थात सानफ्रान्सिस्को प्रहरी विभागले अहिलेलाई कुनै रोबोटलाई प्राणघातक हातहतियार सुसज्जित गरी सञ्चालनमा नल्याइने बीबीसीलाई जानकारी दिएको छ । तर, विभागले भविष्यमा घातक फौजका लागि भने रोबोटले प्रयोग गर्न सक्ने बताएको छ ।
 
प्रहरी प्रवक्ताले हिंसात्मक, सशस्त्र वा खतरनाक वस्तुहरु भएका सुदृढ संरचनाहरु तोड्नका लागि रोबोटहरुलाई बिस्फोटक पदार्थले सुसज्जित गर्ने सम्भावना रहेको बताएका छन् । साथै, प्रहरीहरुले कसैको जीवन नै जोखिममा पार्ने किसिमका खतरनाक र सशस्त्र आशंकित व्यक्तिहरुलाई घाइते बनाउन पनि रोबोटको प्रयोग गर्न सकिने बताएका छन् । 

यसैगरी, सुपरभाइजर बोर्डले अत्यन्तै थोरै उच्च पदस्थ अधिकारीहरुलाई मात्र रोबोट प्रयोग गर्ने अधिकार दिइने जनाएको छ । अमेरिकाको अन्य भागहरुमा यस प्रकारका घातक रोबोटको पहिलेदेखि नै प्रयोग हुँदै आएको छ ।
 
सन् २०१६ मा टेक्सासको डल्लासमा दुईजना प्रहरी अधिकृतको हत्या गर्नुका साथै अन्य थुप्रैलाई घाइते बनाउने एकजना स्नाइपरको हत्या गर्न सी–४ बिस्फोटक पदार्थले सुसज्जित एउटा सशस्त्र रोबोटको प्रयोग गरिएको थियो ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९  २२:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC