site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
समूह विजेता बन्ने लक्ष्यमा फ्रान्स, कस्तो छ समूह ‘डी’ समीकरण ? 
Sarbottam CementSarbottam Cement

काठमाडौं । कतारमा जारी फिफा विश्वकपमा आज समूह ‘सी’ र समूह ‘डी’ का निर्णायक खेलहरू हुँदै छन् । 

आज हुने पहिलो खेलमा समूह ‘डी’का चार टिमहरू प्रतिस्पर्धामा उत्रँदै छन् । जहाँ साबिक विजेता फ्रान्सले एजुकेसन सिटी रंगशालामा ट्युनिसियाविरुद्ध खेल्दा अर्को खेलमा अस्ट्रेलिया र डेनमार्क अल जनौब रंगशालामा प्रतिस्पर्धाका लागि उत्रनेछन् । दुवै खेल नेपाली समयअनुसार राति ८ः४५ बजेदेखि सुरु हुनेछ ।

denmark1669799868.jpg

Prabhu Bank
Agni Group
NIC Asia

समूहबाट फ्रान्सले अन्तिम खेलअगावै प्रि–क्वार्टरफाइनलमा प्रवेश गरिसकेको छ । त्यसैले आजको नतिजाले फ्रान्स समूह विजेता वा उपविजेता बन्नेमात्र टुंगो लगाउनेछ ।

समूहमा दुई खेलबाट ६ अंक जोडेको फ्रान्स तालिकाको शीर्ष स्थानमा छ । समान खेलबाट तीन अंक जोडेको अस्ट्रेलिया तालिकाको दोस्रो स्थानमा छ । यस्तै, समान एक अंक जोडेका डेनमार्क र ट्युनिसिया क्रमशः तालिकाको तेस्रो र चौथो स्थानमा छन् । अन्तिम–१६ मा स्थान बनाउन फ्रान्सबाहेक अन्य तीन टिम दबाबमा छ ।

Global Ime bank

australia1669799871.jpg

कस्तो छ समीकरण ?

सहज अवस्थामा रहेको फ्रान्सले आज ट्युनिसियालाई हराए समूह विजेता बन्नेछ । फ्रान्सले ट्युनिसियासँग हार बेहोर्दा अर्को खेलमा अस्ट्रेलियाले डेनमार्कलाई पराजित गरे फ्रान्स र अस्ट्रेलियाको बराबर अंक हुनेछ । यस्तोमा गोलअन्तरका आधारमा समूह विजेता र उपविजेताको टुंगो लाग्नेछ ।

यता, कठिन अवस्थामा रहेको ट्युनिसियालाई भने आज अन्तिम–१६ को झिनो सम्भावना कायम राख्न फ्रान्सविरुद्ध जित्नैपर्ने दबाब छ । यता फ्रान्सलाई हराउँदा अर्को खेलमा डेनमार्कले अस्ट्रेलियालाई हराए मात्र ट्युनिसिया गोलअन्तरको आधारमा डेनमार्कलाई पछि पार्दै अन्तिम १६ मा प्रवेश गर्न सक्छ । यसका लागि ट्युनिसियालाई डेनमार्कको भन्दा राम्रो गोलअन्तर आवश्यक हुन्छ ।

tunisia1669799870.jpg

यदि फ्रान्सले ट्युनिसियालाई पराजित गरे अस्ट्रेलियालाई बराबरीको नतिजा पनि अन्तिम–१६ का लागि पर्याप्त बन्नेछ । यदि डेनमार्कसँग अस्ट्रेलिया बराबरीमा रोकिँदा ट्युनिसियाले फ्रान्सलाई पराजित गरे अस्ट्रेलिया र डेनमार्कबीच गोलअन्तर राम्रो हुने टिमले अन्तिम–१६ मा स्थान बनाउनेछ । तर, आज हार बेहोरे अस्ट्रेलिया समूह चरणबाटै घर फर्किनेछ ।

डेनमार्कलाई जित्नैपर्ने दबाब छ । अर्को खेलमा फ्रान्सले डेनमार्कलाई पराजित गरे डेनमार्कले अस्ट्रेलियालाई हराउँदा सोझै अन्तिम–१६ मा स्थान पक्का गर्नेछ । डेनमार्कले अस्ट्रेलियालाई हराए पनि यदि फ्रान्स ट्युनिसियासँग पराजित भए डेनमार्क र ट्युनिसियाबीच गोलअन्तर राम्रो हुने टिम नकआउट चरणमा प्रवेश गर्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९  १५:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC