site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सरोकारवाला निकायसँग समन्वय गरेर मात्रै सुकुम्बासी बस्ती हटाउने महानगरको निर्णय
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौं महानगरपालिका सुकुम्बासी समस्याबारे सरोकारवाला निकायसँग समन्वय गरेर अघि बढ्ने भएको छ । महानगर मेयर बालेन्द्र शाह (बालेन) नेतृत्वमा आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । 

महानगरका प्रवक्ता नवीन मानन्धरले सरोकारवाला निकायसँग सहकार्य गरेर अघि बढ्ने निर्णय भएको जानकारी दिए । “आज बिहान सबै वडाध्यक्षहरूसँग बैठक बस्यो । अब सरोकारवाला निकायसँग समन्वय गरेर काम गर्ने निर्णय भएको छ,” प्रवक्ता मानन्धरले भने । 

महानगरविरुद्ध उपत्यकाका सुकुम्बासीको आन्दोलन जारी छ । उनीहरूले बिनाविकल्प आफूहरूलाई महानगरले उठिबास लगाएको भन्दै डोजर चलाउन पुगेको टोलीमाथि ढुंगामुडा गरेका थिए । सुकुम्बासीको प्रतिरोधमा महानगरका ३६ जना नगरप्रहरी घाइते भएका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

सुकुम्बासीले नगरप्रहरीमाथि नाङ्गो हातहतियारसहित प्रतिकारमा उत्रदा बस्ती तनावग्रस्त बनेको थियो । सो घटनापछि महानगरले प्रहरी परिसर टेकुमा दोषीलाई कारबाही गर्न उजुरी दिएको थियो । 

अधिकार सम्पन्न वाग्मती एकीकृत विकास समितिको अनुरोध र सहकार्यमा महानगरले डोजर चलाउने प्रयास गरेको थियो । महानगरको डोजर आतंकविरुद्ध बृहत् नागरिक आन्दोलन लगायत निकायले आपत्ति जनाएका थिए । 

Global Ime bank

महानगरको कदम सरकारी निकाय राष्ट्रिय भूमि आयोगसँग पनि बाझिएको थियो । आयोगले पनि महानगरको कदम गलत भएको भन्दै आपत्ति जनाएको थियो । 

महानगरले विभिन्न निकायसँग समन्वय गरेर कार्यविधि बनाएरै अघि बढ्ने जनाएको छ । 

सहरी विकास मन्त्रालय, उपत्यका विकास प्राधिकरण, राष्ट्रिय भूमि आयोग, काठमाडौं महानगरपालिका, वाग्मती सभ्यता, सम्बिन्धित वडा कार्यालय, सुकुम्बासी मोर्चा, सुकुम्बासी बासिन्दा लगायत निकायसँग सहकार्य हुने महानगरले जनाएको छ । 

वाग्मती सभ्यताले अस्थायी रूपमा इचंगुनारायणमा सुकुम्बासीलाई स्थानान्तरण गर्ने बताएको थियो । वाग्मती सभ्यताका प्रवक्ता कमल अर्यालका अनुसार इचंगुनारायणको अपार्टमेन्टमा ३३० परिवारको क्षमता छ । 

“अपार्टमेन्टमा अस्थायी रूपमा राख्ने भनिएको थियो । तर, सुकुम्बासीले मानेनन् । अब थप अन्य प्रक्रियामार्फत काम अघि बढ्नेछ,” उनले भने । 

आम चुनावअघि नै वाग्मती सभ्यताले खोला किनाराका अनधिकृत बस्ती खाली गर्न १० दिने अल्टिमेटम जारी गरेको थियो ।

हाल भूमि आयोगले देशैभरबाट सुकुम्बासी प्रमाणितका लागि फारम संकलन गरिरहेको छ । यसअघि जबरजस्तीे सुकुम्बासीलाई हटाउन नहुने भन्दै आयोगले सरोकारवाला निकायलाई पत्राचारसमेत गरेको थियो । 

वाग्मती सभ्यताले २०७८ फागुन १६ गते बोर्ड सदस्य वीरेन्द्र थपलियाको संयोजकत्वमा एउटा कार्यदल गठन गरेको थियो । सो कार्यदलको अध्ययनअनुसार उपत्यकाका नदी  खोला किनाराका २७ स्थानमा ३ हजार ४९६ घरधुरी सुकुम्बासी बसेका छन् ।

यी २७ स्थानका सुकुम्बासीहरू उपत्यकाका विभिन्न २० वडासँग जोडिएका छन् । कार्यदलको तथ्यांक भेरिफाइको लागि वाग्मती सभ्यताले सम्बन्धित वडा कार्यालयमा पठाएको थियो । 

वडाले भेरिफाइ गर्दा सुकुम्बासीको संख्या घटेर आएको वाग्मती सभ्यताका प्रवक्ता अर्यालले बताए । प्रवक्ता अर्यालका अनुसार इचंगुनारायणमा रहेको अपार्टमेन्टमा वडा कार्यालय, मानवसेवा आश्रम र प्रहरी चौकी सञ्चालन गरिएको छ । 

तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको पालामा बनाएको सो भवनमा राज्यले सुकुम्बासीलाई व्यवस्थापन गर्न नसकेको विज्ञहरूले बताएका छन् । भाडामा बसेकाहरूलाई हटाउने र वास्तविक सुकुम्बासी पहिचान गरी राज्यले व्यवस्थापन गर्ने वाग्मती सभ्यताले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९  १३:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement