site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सुनसरी–४ मा रोकिएको मतगणना अझै सुरु भएन, सर्वपक्षीय बैठक सुरु
Sarbottam CementSarbottam Cement

सुनसरी । सुनसरी निर्वाचन क्षेत्र नम्बर–४ मा विवाद समाधानका लागि सर्वपक्षीय बैठक सुरु भएको छ । त्यहाँ शनिबार अपराह्नदेखि मतगणना रोकिएको छ ।

सुनसरीको इनरुवास्थित भगवती माविको मतगणनास्थलमै बैठक सुरु भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयको आह्वानमा जारी बैठकमा सो क्षेत्रका उमेदवार, राजनीतिक दलका प्रतिनिधि, मुख्य निर्वाचन अधिकृतलगायत व्यक्ति सहभागी छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

यहाँ मतगणनामा त्रुटि भएको भन्दै नेपाली कांग्रेसका नेताले पुनः गणना गर्न माग गरेका छन् । तर, एमालेका नेताहरूले गणना भइसकेको मतलाई कायम गर्दै मतगणना थाल्नुपर्ने अडान राखेका छन् ।

शनिबारै बसेको सर्वपक्षीय बैठक पनि यही विषयमा कुरा नमिलेपछि बिनानिष्कर्ष टुंगिएको थियो । मुख्य निर्वाचन अधिकृतले विवाद मिलाउन सहजीकरण गरिरहेका छन् ।

Global Ime bank

बैठकस्थल बाहिरको सुरक्षा व्यवस्था निकै कडा बनाइएको छ । बैठकस्थलमा सञ्चारकर्मीलाई पनि प्रवेश दिइएको छैन ।

सुनसरी–४ मा सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की र एमालेका उमेदवार जगदीश कुसियैतबीच मुख्य प्रतिस्पर्धा छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर ११, २०७९  १०:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC