site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

तानाशाहहरूले जनताले मत नदिए धाँधली वा षड्यन्त्र भएको ठान्ने र तदनुरूप भाष्य बनाउने गरेको  देखिन्थ्यो । दुर्भाग्य, संसारका धेरै अधिनायकहरूमा देखिएको यही प्रवृत्ति नेपालका राजनीतिक दलका नेताहरूले देखाउन थालेका छन् । 
 
प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन परिणामले स्थापित ठूला दलका नेताप्रति जनतामा चरम वितृष्णा भएको देखाएको छ । नेताहरू भने आफूलाई जनताले अस्वीकार गरेको सत्य स्वीकार्न तयार भएनन् ।
 
जनताले नयाँ दलका युवालाई मत दिए । जनताको वितृष्णाको कारण खोज्नुभन्दा ठूला दल विशेषगरी नेपाली कांग्रेस, नेकपा (एमाले) का नेताहरू भने जनमतको सम्मान गर्नुको साटो त्यसको अपव्याख्या गरिरहेका छन् ।
 
नयाँ दलहरूको उदयले अस्थिरता बढ्ने वा सामाजिक सञ्जालमा आलोचना भएकाले आफ्नो पार्टीले हारेको हो भन्नेजस्तो कुतर्क अबका जनताले पत्याउँदैनन् । यस्ता फुटानी र फट्याइँ पत्याउने भए त तिनै दललाई सबैले मत दिइहाल्थे । 
 
व्यक्ति विशेषको कुण्ठा र मतिभ्रमको भारी नेपाली जनताले कतिन्जेल बोक्नेरु अब धाँधली वा षड्यन्त्रको भाष्य बनाएर आफ्ना कार्यकर्तालाई थप भ्रमित र उत्तेजित पार्नुभन्दा राजनीतिक दलका नेताहरूले जनादेशको सम्मान गर्दै स्वीकार गर्नु उचित हुन्छ । 
 
कसैको चित्त बुझेको छैन भने अदालतको ढोका ढकढक्याउने उनीहरूको अधिकार त  सुरक्षित नै छ । यसैले मतदान भएका क्षेत्रहरूको मतगणना गरी परिणाम सार्जनिक गरेर निर्वाचन आयोग अगाडि बढ्नुपर्छ ।
 
नेताहरूले बचेखुचेको साख पनि गुमाउने चाहना नभए चुनावमा धाँधली, षड्यन्त्र भएकाले हारियो भन्नेजस्ता अनर्गल प्रलाप गर्न बन्द गरुन् । षड्यन्त्र र धाँधलीको अधिनायकवादी भाष्य बनाउन लगाउने समय बरु आफ्ना कमजोरी केलाउन लगाए तिनको भलो हुनेछ । 
  
नयाँ दलहरूको उदयले मुलुकमा अस्थिरता हुने होइन । बरू, अहिलेका ठूला दलका नेताहरूले प्रचण्ड बहुमत  जोगाउन नसकेको इतिहास साक्षी छ । तत्कालीन नेकपा (नेकपा)ले करिब दुई तिहाइ बहुमत पाए पनि स्थिर सरकार त दिन सकेन ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर १०, २०७९  १७:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC