site stats
खेल
क्यामरुन र स्वीट्जरल्यान्डबीचको पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं । कतारमा जारी फिफा विश्वकपमा क्यामरुन र स्वीट्जरल्यान्डबीचको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ ।

अल जनौब रंगशालामा जारी खेलमा दुवै टिमले गोलका केही अवसर सिर्जना गरे पनि त्यसलाई सदुपयोग गर्न नसक्दा अग्रता बनाउन सकेनन् । समूह ‘जी’ मा रहेका दुवै टिमको प्रतियोगितामा यो पहिलो खेल हो ।

NMB Bank
Agani Group

यो समूहमा स्वीट्जरल्यान्ड र क्यामरुनसँगै ब्राजिल र सर्विया छन् । समूहबाट शीर्ष दुई टिमले अन्तिम १६ मा स्थान बनाउनेछन् ।

विश्वकपअन्तर्गत आजै हुने दोस्रो खेलमा साँझ ६ः४५ बजे समूह ‘एच’ का दक्षिण कोरिया र उरुग्वे भिड्दै छन् । यस्तै, तेस्रो खेलमा राति ९ः४५ बजे समूह ‘एच’ कै पोर्चुगल र घाना खेल्दा राति १२ः४५ बजे समूह ‘जी’ का ब्राजिल र सर्विया आमने–सामने हुँदै छन् ।

Global bank

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १७:०६
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय