site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad
काठमाडौं । रुट परमिट नपाएका हजारौं सार्वजनिक सवारीसाधन देशका विभिन्न जिल्ला सदरमुकाममा रोकिएका छन् । व्यवसायीले बिनापरमिट क्षमताभन्दा बढी यात्रु राखेर गाडी चलाएपछि त्यस्ता गाडी रोकिएका हुन् । 
यातायात व्यवस्था विभागले व्यवसायीलाई जथाभावी गाडी चलाउन नदिन सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ । ७५ वटै जिल्ला प्रशासन कार्यालयलाई रुट परमिटबिना चल्ने सवारीसाधन नियन्त्रणमा लिएर कानुनी दायरामा ल्याउन निर्देशन दिइएको विभागका प्रवक्ता वसन्त अधिकारीले बताए । “जनताको जीवनसँग सम्झौता गर्न मिल्दैन,” उनले भने, “ग्रामीण सडकमा धेरै सवारी दुर्घटना हुने गरेका छन् । त्यसैले रुट परमिटमा कडाइ गर्न जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेका छौं ।” विभागले रुट परमिट नलिएका सवारीधनीलाई तीन दिनभित्र कानुनी दायरामा आउन पनि सूचना जारी गरेको छ । 
विभागका अनुसार जिल्ला प्रशासनले केही समयका लागि सार्वजनिक सवारीलाई रुट परमिट दिने गरेको छ । कसैले रुट परमिट लिएको छैन भने सवारी दुर्घटना भएको खण्डमा बिमा तथा सरकारले दिने क्षतिपूर्ति नपाइने विभागले स्पष्ट पारेको छ । 
ग्रामीण सडकमा भाडाका गाडी रोकिएपछि यात्रु भने मारमा परेका छन् । नेपाल यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौला सरकारले मापदण्ड बनाएर गाडी चलाउन दिनुपर्ने बताउँछन् । “सरकारले कि त चल्न नहुने सडकलाई ‘रेड लिस्ट’मा राख्नुपर्यो, होइन भने उचित मापदण्ड बनाएर सडक सञ्चालनमा ल्याउनुपर्यो । व्यवसायीलाई मात्र दोष दिने काममात्र भएको छ,” उनले भने । उनका अनुसार देशभरका ७० प्रतिशत ग्रामीण सडकमा भाडाका सवारीसाधन चल्दै आएका छन् । सम्बन्धित जिल्ला प्रशासन र उपभोक्ता समितिको सहमतिमा अस्थायी रुट परमिट दिने गरिए पनि त्यो कति समयसम्मलाई भन्ने स्पष्ट छैन ।
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ५, २०७३  ११:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro