site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

मानव अधिकारसम्बन्धी स्वतन्त्र राष्ट्रिय आयोगहरूको अन्तर्राष्ट्रिय संस्थाले नेपालको राष्ट्रिय मानव अधिकार आयोगलाई ‘ए’  बाट ‘बी’ तहमा घटुवा गरेको छ । नेपालको राष्ट्रिय मानव अधिकार आयोगको तह घटेको समाचार देशकै लागि चिन्ताको विषय हो । 
 
नेकपा ९एमाले०का अध्यक्ष खड्गप्रसाद ओली प्रधानमन्त्री छँदा राष्ट्रिय मानव अधिकार आयोगमा संविधानका प्रावधान छलेर पदाधिकारी नियुक्त गरिएका थिए । त्यसैको फलस्वरूप अन्तर्राष्ट्रिय वर्गीकरणमा नेपालको आयोग दोस्रो तहमा झारिएको छ । 
 
लोकतान्त्रिक संस्था बनाउन र साख आर्जन गर्न समय, धैर्य र परिश्रम चाहिन्छ । परन्तु, साख गुमाउन वा संस्था भत्काउन भने ‘सजिलो’ हुन्छ । दुर्भाग्य, नेपालमा विशेषगरी राजनीतिक नेताहरूले धेरै लोकतान्त्रिक संस्थाको साख गिराएका छन् । 
 
नेपालको संविधान, २०७२ अनुसार राष्ट्रिय मानव अधिकार आयोगलाई स्वतन्त्र, स्वायत्त संवैधानिक निकाय हो । यसका पदाधिकारीको नियुक्ति संवैधानिक परिषद्को सिफारिसमा संसदीय सुनुवाइ भएपछि मात्र हुने व्यवस्था छ ।
 
राज्यकै निकाय भए पनि राष्ट्रिय मानव अधिकार आयोग अन्तर्राष्ट्रिय सम्बद्धता  हुने संस्था हो । मूलतः संविधान मिचेर आयोगका पदाधिकारी नियुक्ति गर्ने र हुने कामले देशकै प्रतिष्ठा गिर्न पुग्यो ।  यसैले अन्तर्राष्ट्रिय छवि गिर्दा आयोगको अस्तित्वमै प्रश्न उठ्नसक्छ ।  
 
नेपालले पेरिस सिद्धान्तको विश्वव्यापी मान्यताअनुसार स्वतन्त्र र स्वायत्त राष्ट्रिय मानव अधिकार आयोग गठन र सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ । यसैले सरकारले त्यसमा असर पर्ने गरी कुनै काम गर्नु गराउनु हुँदैन थियो ।
 
संविधान मिचेर नियुक्ति नगर्न मानव अधिकार समुदायले तत्कालीन ओली सरकारलाई चेतावनी दिएको थियो । संविधानको मर्ममा प्रहार गर्ने बानी बसेकाले हो कि ओलीले त्यसको अवज्ञा गरे । अहिले मुलुकले उनको हठको मूल्य चुकाउनु पर््यो ।
 
अब क्षति कम गर्ने र अन्तर्राष्ट्रिय स्तरमा गुमेको साख पुनः कायम गर्ने प्रयत्नमा लाग्नुको विकल्प देखिँदैन । संविधानको मर्मविपरीत नियुक्त आयोगका पदाधिकारीले राजीनामा गर्नु सायद साख फर्काउने उपाय हुनसक्ने सुझाव आयोगका पूर्वपदाधिकारीले दिएका छन् ।
 
अब थप क्षति हुन नदिन ‘वैधानिकता र कार्यदक्षतामा प्रश्न उठेका’ बहालवाला पदाधिकारीले पूर्वपदाधिकारीको सुझावअनुरूप राजीनामा गर्नु उचित हुनेछ । अरू निकायले हस्तक्षेप गर्नुपर्ने अवस्था भए आयोगको स्वायत्तता सङ्कटमा पर्ने हुनाले पनि राष्ट्रिय मानव अधिकार आयोगका बहालवाला पदाधिकारीले तत्काल पदत्याग गर्नु आयोगप्रति न्याय हुनेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २९, २०७९  ११:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC