site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

सुदूर पश्चिममा बुधबार गएको भूकम्पका कारण भएको क्षतिको पूरा समाचार पक्कै आइसकेको छैन । तैपनि, जनधनको ठूलै क्षति भएको अनुमान सहजै गर्न सकिन्छ । अहिलेसम्म ज्यान गुमाउनेको स‌ङ्ख्या ६ जना पुगेको छ । 

भौगोलिक विकटता र गरिबीसमेतका कारणले पनि भूकम्पबाट बढी क्षति भएको हुनसक्छ । यद्यपि, ६.६ रेक्टर स्केलको भूकम्प सानो होइन । पक्कै पनि धेरै निजी घरहरू भत्किएका होलान् । विद्यालयलगायत सार्वजनिक भवनहरू पनि नजोगिएको हुनसक्छ । 

भूकम्पपछि नेपाली सेनालगायत आकस्मिक उद्धारमा सक्रिय भइसकेको समाचार आएको छ । यसैले  पीडितरूले मानवीय सहायता पनि पाउने अपेक्षा गर्न सकिन्छ । अर्थात्, भूकम्पग्रस्त क्षेत्रमा भोकै मर्नुपर्ने अवस्था नहोला ।

Prabhu Bank
Agni Group
NIC Asia

परन्तु, भूकम्पग्रस्त क्षेत्रमा सञ्चार र यातायातको असुविधा एवं व्यापक गरिबीका कारण सबै ठाउँको अवस्था थाहै नहुनसक्छ । यसैले पीडितको उद्धारमा जस्तै खोजीमा पनि सेनालगायतले विशेष प्रयत्न गर्नुपर्छ ।

राजनीतिक समुदाय चुनावमा व्यस्त छ । अर्कोतिर यान्त्रिक प्रकृतिको निर्वाचन आचार स‌ंहिताले पनि अप्ठरो पार्छ । तैपनि सरकारको राजनीतिक नेतृत्वले भूकम्पपीडितको उद्धार र सहायताबाट पन्छन मिल्दैन ।

Global Ime bank

सबैभन्दा पहिले मानवीय आवश्यकता विशेषगरी खानेकुरा, स्वास्थ्योपचार र बस्ने ठाउँको व्यवस्था मिलाउन ढिलो नगरियोस् । राज्यको संयन्त्रबाट मात्र सबै काम बेलैमा गर्न नसकिने हुनसक्छ । यसैले रेडक्रसजस्ता संस्थाको सहयोग आह्वान गर्न पनि ढिलो गर्नु हुँदैन ।

आकस्मिक विपत्तिमा बालबालिका, बूढापाका, गर्भवती र सुत्केरी तथा अपाङ्गता हुनेहरू बढी आक्रान्त हुन्छन् । यही कारणले उद्धार र सहायतामा पनि यही समूहलाई प्राथमिकता दिने अभ्यास छ । 

पुनःस्थापनासम्मका कामका लागि राजनीतिक नेतृत्व र केन्द्रको आदेश पर्खनु पर्ने अवस्था हुनुहुँदैन । विपत्तिमा दिइने सहायता ढिलो भयो भने अर्थहीन हुन्छ । यसैले सहायता वितरणमा कसैको आदेश वा उपस्थिति नपर्खौँ ।

बालबालिकाका हकमा आकस्मिक सहायतामा पाठ्य पुस्तक पनि अत्यन्त जरुरी हुन्छ । उनीहरूको शैक्षिक सत्र सकिने बेला भएको छ । पाठ्य पुस्तकलगायत शैक्षिक सामग्री उपलब्ध गराउन पनि प्राथमिकता दिइयोस् । 

अगिल्लो भूकम्पपछिको अवस्थाले पुनःनिर्माणमा सहयोग गर्न राज्यले कन्जुसी गर्नु नहुने पाठ सिकाएको छ । तत्काल त्रिपाल र केही दिनपछि टहरा बनाउन जस्ता पाताको सहयोग गरेर पीडितलाई ‌ओतमा राखौँ । 

त्यसपछि एकीकृत बस्ती बसाएर पक्की र सुविधायुक्त घर बनाउन पुग्ने सहयोग राज्यले दिनु बुद्धिमानी हुने देखिन्छ । नागरिकलाई पक्की घर बनाउन दिएको सहयोगको प्रतिफल लाभदायी हुने सिद्ध जो भएको छ । 
  
 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २४, २०७९  ०९:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC