site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
८५ औँ जन्मजयन्तीमा चेतन कार्कीको सम्झना
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । प्रसिद्ध चलचित्रकर्मी, गीतकार तथा संस्कृतिविद् चेतन कार्कीको ८५ औँ जन्मजयन्तीका अवसरमा उनको चलचित्र र सांस्कृतिक क्रियाशीलतालाई सम्झने काम गरिएको छ । 

चेतन कार्की प्रतिष्ठानको आयोजनामा मंगलबार सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले चेतन कार्कीसँगका केही स्मरण सुनाउँदै कार्की स्वाभिमानी भएको उल्लेख गरे । राहुल सांकृत्यायनले ‘भागो नही दुनियाको बदलो’ भन्ने गरेको उल्लेख गर्दै कार्कीको स्वभाव त्यस्तै रहेको बताए । 

गुरुङले भने, "देहरादूनका लैन छोकडा चेतन कार्की आर्मी कप्तानका छोरा थिए । तर उनले सेनामा जागिर खाएनन् । बरु कला, साहित्य, संस्कृति र सिनेमासँग जोडिएर एउटा उँचाइ कायम गरे ।"

KFC Island Ad
Dabur Nepal
NIC Asia

चेतन कार्की प्रतिष्ठानकी संरक्षक कार्की पत्नी गंगा कार्कीले एउटा सर्जक कहिल्यै नमर्ने भन्दै चेतन कार्की आफ्नो पति मात्रै नभएर गुरु पनि भएको उल्लेख गरिन् । 

नृत्य स्रष्टा भैरवबहादुर थापाले चेतन कार्कीलाई पहिलो पटक सन् १९५८ मा देहरादूनमै भेटेको स्मरण गर्दै कार्कीले आफू काठमाडौं आउने र नेपालमै काम गर्ने कुरो सुनाएको बताए । 

Royal Enfield Island Ad

कलाकार मोहन निरौलाले आफ्ना गुरु चेतन दाइले ‘चलचित्रमा प्रस्तुत हुने भाषा पनि शुद्ध हुनुपर्छ’ भन्दै फिल्म निर्माण गर्दा भाषा र व्याकरणमा पनि ध्यान दिने गरेको बताए ।

चलचित्र निर्देशक लक्ष्मीनाथ शर्माले चलचित्रसर्जक कार्की हरेक विषयका ज्ञाता रहेको उल्लेख गरे । 

कार्यक्रममा राधेश्याम लेकाली, मिथिला शर्मा, प्रा.डा. सुरेन्द्र केसी, मुरारी सिग्देलले पनि बोलेका थिए ।

उक्त अवसरमा गायक कलाकारहरू विमला राई, नारायण ओली, रितु कँडेलले चेतन कार्कीद्वारा रचित गीतहरू गाएर सुनाएका थिए ।   

चेतन कार्कीको २०७८ जेठ २ गते कोरोना संक्रमणका कारण निधन भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २२, २०७९  २२:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro