site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्री कप : सेमिफाइनल समीकरण पूरा
SkywellSkywell

काठमाडौं l त्रिभुवन आर्मी क्लबले मंगलबार कर्णाली प्रदेशमाथि १४० रनको जित निकालेसँग प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । 

कर्णालीविरुद्ध जित निकालेसँगै आर्मी सेमिफाइनल पुग्ने चौथो टिम बन्यो । आर्मी समूह ‘ए’ बाट उपविजेता बन्दा सशस्त्र प्रहरी बलको एपीएफ क्लब समूह विजेताको रुपमा सेमिफाइनल पुग्यो । एपीएफले चार खेलबाट सात अंक जोड्दा आर्मीले ६ अंक जोड्यो । पाँच अंकसहित गण्डकी प्रदेश तेस्रो स्थानमा, दुई अंकसहित सुदूरपश्चिम प्रदेश चौथो र अंकविहीन कर्णाली प्रदेश पाँचौँ स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिए । 

Dabur Nepal
NIC Asia

समूह ‘बी’बाट आठ अंकसहित नेपाल पुलिस क्लब विजेता र पाँच अंक जोडेको मधेस प्रदेश उपविजेताको रूपमा सेमिफाइनल प्रवेश गरे । यस्तै, चार अंकसहित तेस्रो स्थानको लुम्बिनी प्रदेश, दुई अंकसहित चौथो स्थानको प्रदेश–१ र एक अंक जोडेर पुछारमा रहेको वाग्मती प्रदेश समूह चरणबाटै बाहिरिए । 

दुवै सेमिफाइनल खेलहरू कात्तिक २४ गते हुनेछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा समूह ‘ए’ को विजेता एपीएफ र समूह ‘बी’ को उपविजेता मधेश प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । यस्तै, मुलपानी क्रिकेट मैदानमा समूह ‘बी’ को विजेता पुलिस र समूह ‘ए’ को उपविजेता आर्मीबीच प्रतिस्पर्धा हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २२, २०७९  १६:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro