site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
संसदीय चुनावको परिणाम हाम्रो पक्षमा आउँछ : ईश्वर पोखरेल
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी निर्वाचनको परिणाम एमालेको पक्षमा आउने दाबी गरेका छन् । 

प्रतिनिधिसभा प्रत्यक्षतर्फ काठमाडौँ क्षेत्र नं ५ का उमेदवार रहेका पोखरेलले सोमबार घरदैलो अभियानका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै एमालेले उठाएका विषयहरु जनताले बुझेको भन्दै निर्वाचनको परिणाम एमालेको पक्षमा आउने दाबी गरे । 

Prabhu Bank
Agni Group
NIC Asia

एमालेले उठाएका विषयहरुलाई साकार पार्नका लागि जनताको साथ र समर्थन एमालेले पाउने पोखरेलले जिकिर गरे । निर्वाचनमा गठबन्धनका तर्फबाट फैलाइएका त्रासहरु च्यातिइसकेको उनको भनाइ छ । 

पोखरेलले एमालेले उठाएका राजनीतिक स्थायित्व, राष्ट्रिय हितको रक्षा, सुशासन, आर्थिक विकास र समृद्धिलगायतका मुद्दाहरुलाई स्थापित गरेरै छाड्ने प्रतिबद्धता जनाए । 

Global Ime bank

काठमाडौं ५ मा एमालेका पोखरेलसँग सत्ता गठबन्धनका उमेदवार नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलको मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । 

गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा सो क्षेत्रमा पर्ने १५ वडामा एमालेले ११, कांग्रेसले ३ र स्वतन्त्र एउटा वडामा विजयी भएका छन् । यसअघि विसं २०७४ निर्वाचनमा एमालेका उमेदवार पोखरेल र कांग्रेसका प्रकाशशरण महतबीच भएको प्रतिस्पर्धामा पोखरेलले बाजी मारेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २१, २०७९  १७:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement