site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
मुस्ताङमा पर्यटक बढे, होटेल भरिए 
SkywellSkywell

काठमाडौं । हिमालपारीको जिल्ला मुस्ताङको मुक्तिनाथ क्षेत्रमा आन्तरिक तथा वाह्य पर्यटकको आगमनमा वृद्धि भएको छ । मुस्ताङको मुक्तिनाथमा घुमघामको सिजन बढेसँगै मुक्तिनाथ मन्दिरमा दर्शन गर्न जाने धार्मिक पर्यटक तथा ट्रेकिङ गर्ने पर्यटकमा वृद्धि भएको मुक्तिनाथ विकास समितिले जनाएको हो । 

यतिबेला मुस्ताङ घुम्ने र मुक्तिनाथ मन्दिरमा दर्शन गर्ने सिजन लागेसँगै आन्तरिक तथा विदेशी पर्यटन आगमनमा वृद्धि भएको छ भने मुस्ताङ मुक्तिनाथ क्षेत्रका होटेलहरू भरिभराउ छन् । वर्षको दुई सिजन मात्रै व्यापार गर्न पाउने मुस्ताङ मुक्तिनाथ क्षेत्रका होटेल तथा अन्य व्यवसायीहरूमा सिजनको समयमा पर्यटक वृद्धि हुँदा उत्साहित भएका छन् । मुक्तिनाथ दर्शन गर्न जाने धार्मिक पर्यटक र ट्रेकिङ गर्ने पर्यटनको संख्या बढेसँगै मुस्ताङका होटेलहरूमा विदेशी र आन्तरिक पर्यटनहरूको भीड देखिन थालेको मुस्ताङका स्थानीय व्यवसायीहरू बताउँछन् ।

Dabur Nepal
NIC Asia

व्यवसायीहरुले विशेष गरी मुक्तिनाथ क्षेत्रमा भारतीय पर्यटकको बढी चाप देखिएका बताए । सामान्यतया अवस्थाको तुलनामा दसैँ तिहारपछि मुस्ताङका होटेलहरूको अकुपेन्सी दर ८० प्रतिशत भन्दामाथि पुगेको मुक्तिनाथ क्षेत्रका होटेल व्यवसायीहरू बताउँछन् । इरिक इन होटेलका सञ्चालक सुजन तुलाचनले तिहारपछि मुक्तिनाथ दर्शन गर्न जाने आन्तरिक, भारतीय र अन्य विदेशी पर्यटनहरूले मुस्ताङ मुक्तिनाथ क्षेत्रका होटेलहरू भरिएको बताए । उनले नेपाली र भारतीय पर्यटकले होटेल फुल अकुपेन्सी चलेको बताए । सञ्चालक तुलाचनले दुई वर्ष कोभिडको मार र यो वर्ष दसैँँपछि अविरल वर्षाको कारण बाटोको समस्याको कारण अफ्ट्यारो परे पनि तिहारपछि भने पर्यटनको आगमन बढेकाले थप उत्साह थपेको बताए । 
 
मुस्ताङ मुक्तिनाथमा रहेको ग्राण्ड समवाला होटेलका सञ्चालक सुरज गुरुङले तिहारपछि मुस्ताङका सबै होटेलमा आन्तरिक, भारतीय र विदेशी पर्यटकले कोठा भरिभराउ रहेको बताए । उनले मुस्ताङमा अक्टोबर र नोभेम्बर महिना ट्रेकिङ र मुक्तिनाथ दर्शनका लागि पर्यटक बढ्ने बताए । गुरुङले विगतका वर्षको भन्दा अहिलेको सिजनमा होटेल व्यवसायीहरूका लागि सन्तोषजनक रहेको बताए । उनले मुस्ताङको मुक्तिनाथ क्षेत्रमा धार्मिक भारतीय र आन्तरिक तथा ट्रेकिङ पर्यटनको लागि स्थानीय तथा केन्द्रीय सरकारले बाटो सहज बनाउनसके सबैखाले पर्यटक भित्र्याउन सकिने बताए । 

मुस्ताङ भ्रमणका लागि अहिलेको समय सबैभन्दा उपयुक्त भएकाले पनि आन्तरिक पर्यटन बढेको छ । मुस्ताङमा पर्यटकीय सिजनसँगै स्वदेशी तथा विदेशी पर्यटकको चहलपहल बाक्लो छ । पर्यटकहरुको चहलपहल बढेअनुसार पछिल्लो समय मुस्ताङको मुक्तिनाथ क्षेत्रमा होटेल तथा अन्य पर्यटन पूर्वाधारको विकास र बिस्तार पनि बढ्दै गएको छ । मुस्ताङमा पर्यटन पूर्वाधार विकास र बिस्तार तिव्र रुपमा हुँदै जाँदा मुक्तिनाथ क्षेत्र हिन्दु र बौद्ध धर्मालम्बीहरुको धार्मिक तिर्थस्थल तथा ट्रेकिङ पर्यटकको लागि प्रमुख गन्तव्य बन्नसक्छ । मुस्ताङका प्रमुख पर्यटकीय गन्तव्यहरू मुक्तिनाथ, जोमसोम, कागबेनी, लोमान्थाङ, कोरोला नाका, मार्फा गाउँ, ठिनी, धुम्बा ताललगायतमा पर्यटक बढेका छन् । 

दश महिनामा नेपालमा करिब ५ लाख विदेशी पर्यटक नेपाल भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । अक्टोबर महिनामा कोरोना भाइरस महामारी सुरु भएयताकै सबैभन्दा बढी संख्यामा पर्यटक भित्रिएका छन् । बोर्डको तथ्यांक अनुसार अक्टोबरमा मात्र ८८ हजार ५८२ जना पर्यटक नेपाल भित्रिएका छन् । सेप्टेम्बर महिनामा ५८ हजार ३१४ जना पर्यटक नेपाल आएका थिए ।
 
 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २१, २०७९  १३:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro