site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
क्रिकेटको 'उर्वर भूमि' सुदूरपश्चिम कहाँ चुक्यो ?
SkywellSkywell

काठमाडौं । ‘क्षेत्रीयस्तरको वर्षमा एउटा प्रतियोगिता हुन्छ । त्यो पनि कुनै बेला ट्वान्टी–२० त कुनै बेला ३०–३५ ओभरमा खेलाइन्छ । त्यहाँ ट्वान्टी–२० वा ३०–३५ ओभरको खेल खेल्दा खेलाडीहरू आक्रामक ब्याटिङ गर्न सिक्छन् । र, राष्ट्रियस्तरमा ५० ओभरको प्रतियोगिताखेल्न आउँदा एक्कासि आफूलाई यो फर्म्याटअनुरूप ढाल्न सक्दैनन् । खेलाडीले यो प्रतियोगिताको तयारीका लागि पर्याप्त समय पनि पाएनन्,” लगातार तीन खेल हार्दै प्रधानमन्त्री कपबाट बाहिरिएपछि सुदूरपश्चिम प्रदेशका प्रशिक्षक खेमराज भट्टले यसरी निराशा पोखे । 

नेपाली क्रिकेटको उर्वर भूमि हो, सुदूरपश्चिम । राष्ट्रिय टोलीबाट खेलिसकेका दीपेन्द्रसिंह ऐरी, कमलसिंह ऐरी, विनोद भन्डारी, अर्जुन साउद, भिम सार्की, सन्दीप जोरा, विक्रम सोब, प्रदीप ऐरी, दिलिप नाथ, सुनिल धमला, भुवन कार्की, नरेश बुढाएरलगायत धेरै खेलाडी सुदूरपश्चिमकै उत्पादन हुन् ।

राष्ट्रिय टिमबाट खेलिसकेका राजु रिजाल, घरेलु क्रिकेटमा छुट्टै पहिचान बनाएका शेर मल्ल, वसन्त कार्कीलगायत खेलाडीको नेतृत्वमा सुदूरपश्चिम प्रधानमन्त्री कपका लागि काठमाडौं आएको थियो । तर, उनीहरूकै प्रदर्शन सम्झनलायक नरहेपछि सुदूरपश्चिमको यात्रा सहभागितामै सीमित भयो ।

KFC Island Ad
NIC Asia

Sudurpaschim (2)1667738608.jpg

कात्तिक १३ गतेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी प्रतियोगिताको समूह ‘ए’मा सुदूरपश्चिम अन्तिम खेल खेल्नु अगावै प्रतियोगिताबाट बाहिरिसकेको छ । सुदूरपश्चिम पहिलो खेलमा गण्डकी प्रदेशसँग ६९ रन, दोस्रो खेलमा सशस्त्र प्रहरी बल (एपीएफ) क्लबसँग १० विकेट र तेस्रो खेलमा त्रिभुवन आर्मी क्लबसँग १६९ रनले पराजित भएको थियो ।

Royal Enfield Island Ad

सुदूरपश्चिमले अब अन्तिम खेल सोमबार कर्णाली प्रदेशविरुद्ध खेल्दै छ । जुन खेलको नतिजाले सुदूरपश्चिमको समीकरणमा कुनै फरक पार्दैन । 

सुदूरपश्चिममा अहिले पनि उत्तिकै राम्रा खेलाडी छन् । तर, सुदूपश्चिमका खेलाडी तीन विभागीय क्लब त्रिभुवन आर्मी, नेपाल पुलिस र एपीएफ क्लबमा अनुबन्धित छन् । जसका कारण प्रदेशको टिम भने अपेक्षाकृत मजबुद  बन्न सकेको छैन । 

Sudurpaschim (5)1667738607.jpg

के भन्छन् प्रशिक्षक र कप्तान ?

प्रशिक्षक भट्ट प्रतियोगिताको तयारीका लागि आफूहरूले पर्याप्त समय नपाएका कारण प्रदर्शन राम्रो हुन नसकेको बताउँछन् ।

“हामीले सोचेको भन्दाविपरीत परिणाम आएको छ । त्यसमा दुःखलागेको छ । प्रतियोगिताबाट बाहिरियौँ, यसलाई स्वीकार्नुपर्छ । प्रशिक्षणका लागि पर्याप्त समय नपाउनु नै हारको मुख्य कारण हो,” भट्टले थपे ।

भट्टले समय अभाव भन्दै क्षेत्रीय छनोट ५० ओभर पूरा खेल्नै नपाएको बताए । उनले थपे, “समय अभावका कारण क्षेत्रीय छनोट ३०–३५ वा बढीमा ४० ओभरको हुन्थ्यो । खेल्ने ग्राउन्ड पनि तराईका जिल्ला कैलाली र कञ्चनपुरमामात्र छन् । पहाडका जिल्लाका ग्राउन्ड निकै साना छन् । ३० यार्डको ग्राउन्डमा छक्का, चौकाको बानी परेको हुन्छ । केटाहरू यहाँ पनि त्यस्तै खेल्न खोज्छन् । आफूलाई कन्ट्रोल गर्नै सक्दैनन् । त्यसको परिणाम त छर्लङ्ग छ । यही प्रतियोगिता ट्वान्टी–२० फम्र्याटमा भएको भए नतिजा अर्कै हुन्थ्यो ।”

Sudurpaschim (7)1667738607.jpg

कप्तान राजु रिजालले पनि टिमले प्रदर्शन निकै खराब रहेको स्वीकार गरे । राजुले टिममा ब्याटिङ, बलिङ र फिल्डिङ तीनै पक्ष कमजोर रहेको बताए । 

“एकदमै नराम्रो क्रिकेट खेलिरहेका छौँ । फिल्डिङका साथै ब्याटिङमा पनि सिंगल, डबल्स रनमा कमजोरी भइरहेको छ । बलिङको एरियाज मिस भइरहेको छ । आफैले पनि कतै न कतै चुकेको महसुस गरिरहेको छु,” कप्तान राजुले बाह्रखरीसँग भने, “बाँकी खेलाडीहरू युवा नै हुनुहुन्छ । मैले मेरो क्षमता अनुसारको प्रक्रियालाई फलो गरिरहेको छैन जस्तो लाग्छ । हामीले विगतको नतिजामै धेरै ध्यान दिएर भइरहेको खेलमा राम्रो गर्न नसकेको महसुस भएको छ । तर, बाँकी खेलाडीहरूलाई दोष दिन चाहन्न । उनीहरूमा अनुभवको कमी छ । टिमको सिनियर खेलाडी र कप्तान भए पनि मेरो प्रदर्शन नै राम्रो हुन सकिएरहेको छैन ।”

Sudurpaschim (4)1667738606.jpg

३० घण्टाको बसयात्रा !

प्रतियोगिताका लागि १३ गते साँझ काठमाडौं उत्रिएको सुदूरपश्चिम १२ गते राती १२ बजे बसमा काठमाडौंका लागि निस्किएको प्रशिक्षक भट्ट बताउँछन् । तिहारलगत्तै १२ गते दिउँसो सुदूरपश्चिमबाट टिम हिडेको थियो । टिम १३ गतेसाँझ साढे सात बजेमात्र होटलमा पुगेको थियो । ३० घण्टाको लामो यात्रापछि काठमाडौं उत्रिएको सुदूरपश्चिमले भोलिपल्टै१४ गते नै गण्डकी प्रदेशविरुद्ध खेल्नुपर्‍यो ।

३० घण्टाको यात्राको थकान राम्ररी मेट्न नपाएको असर सुदूरपश्चिमको प्रदर्शनमा झल्कियो । फलतः गण्डकीले दिएको २०९ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले ३२.४ ओभरमा १३९ रन बनाउँदा सबै विकेट गुमायो । 

“३० घण्टाको यात्रा गरेर आएका थियौँ । केही खेलाडी बिमारीसमेत भएका थिए । भोलिपल्टै हाम्रो खेल्ने तालिका थियो । खेलाडीले राम्रो आराम नपाउँदै खेल्नुपर्‍यो । यसले पनि हाम्रो प्रदर्शनमा धेरै फरक पार्‍यो,” प्रशिक्षक भट्टले खराब प्रदर्शनको कारण केलाउँदै भने ।

यी सबै कुराबाट निराश देखिएका भट्टले टिमका खेलाडीले पनि स्तरअनुरूपको प्रदर्शन देखाउन नसकेको बताए ।

“हामीले अभ्यासका लागि समय पनि पाएनौँ । खेलाडीले स्तरअनुरूपको प्रदर्शन पनि गर्न सकेनन् । कप्तान राजुसँगै टिमबाट सबैभन्दा धेरै आशा गरिएका वसन्त कार्की र शेर मल्ल चल्न सकेनन् । ५० ओभरका लागि चल्नैपर्ने ओपनिङ र मिडल अर्डर जम्नै सकेन,” प्रशिक्षक भट्टलेथपे ।

Sudurpaschim (3)1667738606.jpg

प्रतियोगितामा सुदूरपश्चिमको नतिजा 

सुदूरपश्चिमले पहिलो खेलमा गण्डकीले दिएको २०९ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ३२.४ ओभरमा १३९ रनमात्र बनाएको थियो । दोस्रो खेलमा एपीएफसँग १० विकेटले पराजित भएको सुदूरपश्चिमले ६७ रनमै अलआउट भएको थियो । तेस्रो खेलमा आर्मीले दिएको २८३ रनको लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमले २९.९ ओभरम ११३ रनमात्र बनाएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक २०, २०७९  १८:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro