site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

केही समय यता बिरामीको उपचारमा संलग्न चिकित्सकहरूमाथि समेत साङ्घातिक भौतिक आक्रमणका घटना बढ्दै गएका छन् । सम्भवतः हिंसात्मक व्यवहारलाई सामान्य ठान्ने शासकको मानसिकताले यस्तो अभ्यास हुनेगरेको हो । 

बिरामीको उपचारमा हेलचेक्य्राइँ वा बेवास्ता गरिएको निहुँमा चिकित्साकर्मीमाथि हुने आक्रमण कहिले कहीँ तात्कालिक आवेगको उपज हुन्छ । धेरैजसो भने अस्पताल वा चिकित्सकबाट पैसा असुल्ने नियतले बिचौलियाले बिरामीका आफन्तलाई उक्साएर गराउँछन् । 

उत्तेजित भिड देख्नेबित्तिकै राजनीतिक कार्यकर्ता वा नेताहरू स्वार्थ सिद्धिको मौका छोप्न तम्सन्छन् । राजनीतिकर्मीको संलग्नता देखेपछि प्रहरी भने धेरैजसो पन्छने वा बीचमा बसेर उम्किने दाउमा हुन्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यसको परिणामस्वरुप भिडको आडमा स्वार्थपूर्ति गर्ने अवाञ्छित तत्त्व भने सधैँजसो कानुनी कारबाहीबाट उम्कने गरेको देखिन्छ । नत्र, स्वास्थ्य संस्थामा तोडफोड, स्वास्थ्यकर्मी वा कर्मचारीलाई कुटपिट गर्नेलाई कैद सजाय हुने कानुनी व्यवस्था प्रभावहीन हुने थिएन । 
 
बिरामीका आफन्तहरू उत्तेजित भएका अधिकांश घटनामा चिकित्सकहरूको व्यवहार पनि चित्तबुझ्दो नहुनसक्छ । नेपालका चिकित्सकहरूको पनि बिरामी र तिनका आफन्तलाई हेप्ने र पर्याप्त एवं स्पष्ट संवाद नगर्ने स्वभाव हुन्छ ।

जे भए पनि उपचारमा कमजोरी भएका निहुँमा चिकित्साकर्मीमाथि कुटपिट वा स्वास्थ्य संस्थामा तोडफोड र आगजनी गर्नु जघन्य अपराध नै हो । अस्पताल परिसरमा हुने यस्ता घटनामा सम्बन्धित स्वास्थ्यकर्मीमात्र नभएर अरू धेरै बिरामी र चिकित्सकहरूसमेत पीडित हुन्छन् ।

Global Ime bank

चिकित्सक वा अस्पतालले अपराध गरेमा कारबाही गर्ने गराउने राज्यका निकायहरू छन् ।  तर, बिरामीका आफन्तहरू आवेग वा उक्साहटमा भौतिक आक्रमणमा उत्रिँदा  कानुनी कारबाहीको बाटो नै हराउँछ । 

यस्ता घटनामा धेरैजसो बिचौलियाहरूले दुवै पक्षलाई दोहन गर्छन् । यसैले पीडित पक्ष संयमित हुनु जरुरी देखिन्छ । साथै, चिकित्साकर्मीले पनि बिरामी र तिनका आफन्तलाई हेप्ने वा संवाद नगर्ने बानी सुधार्नुपर्छ ।

परन्तु, नेपाल प्रहरीले मध्यस्थता गर्नुको साटो कानुन कार्यान्वयनमा दृढता देखाउने हो भने सम्भवतः समाजमा हुने अरू धेरै बाहुबलीका गुण्डागर्दीजस्तै चिकित्सकमाथिको आक्रमण पनि रोकिनेछ । अपराध गरेपछि कानुनबमोजिम सजाय हुन्छ भन्ने स्थापित गर्नु यो अपराध नियन्त्रणमा पनि प्रभावकारी उपाय हुने लेदिन्छ ।

यसैगरी नेपाल मेडिकल काउन्सिलले पनि परेका उजुरीहरूमा बेलैमा निर्णय दिएर चिकित्सकहरूले गल्ती गरेमा कारबाही हुने विश्वास जनतामा जगाउन सक्नुपर्छ । प्रहरी र काउन्सिलले आफ्नो काम गराइमा परिवर्तन नगर्दासम्म हुल्याहाहरूले चिकित्सकमाथि हातपात र स्वास्थ्य संस्थामा तोडफोड गरिरहनेछन् ।   
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक २०, २०७९  १५:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC