site stats
बाह्रखरी :: Baahrakhari
नेपाल राष्ट्र बैंक
Global Ime bankGlobal Ime bank
घमाइलो काँठ क्षेत्र (फोटोफिचर)
SkywellSkywell

काठमाडौं । यस वर्षको दसैँ झरीमै सकियो । मनसुन सकिएसँगै झरी र बादलले छोडेपछि भने मौसममा घमाइलो देखिएको छ । आकाश खुलेको छ । टाढाका हिमाल आँखै अगाडि आएका छन् । काठमाडौं उपत्यकाबाट दुई सय किलोमिटर पर भएको विश्वकै सर्वोच्च शिखर सगरमाथा देखिन थालेको छ । अन्य हिमश्रृंखलाको दृश्य पनि कम्ति मनमोहक छैनन् । शरद ऋतुको आगमनसँगै काठमाडौं उपत्यकाबाट देखिने विभिन्न हिमश्रृंखलाले उपत्यकामा बस्ने सर्वसाधारणदेखि विदेशी पर्यटकलाईसमेत लोभ्याएको छ । 

प्रदूषणका कारण हत्तपत्त उपत्यकावासीले पनि खुलेका आकाश र हिमाल देख्न पाउँदैनन् । उपत्यकामा प्रदूषणले नढाकेसम्म देखिने हिमालका दृश्य प्रदूषण बढेसँगै बिस्तारै विलिन हुँदै जान्छन् । केही दिनयता काठमाडौंको आकाश धुम्म हुँदै गइरहेको छ । भारतमा पराल पोलेको प्रदूषण काठमाडौंको आकाशमा अड्किँदा त्यति खुल्न सकेको छैन । तरपनि धुवाँकै बीचमा काठमाडौंको काँठ क्षेत्र घमाइलो देख्न सकिन्छ । काँठ क्षेत्र हिमालको काखमा लुकेको जस्तो देखिन्छ भने खेतमा पाकेको धानले झनै सुन्दरता थपेको छ । उदाउँदो सूर्यले झनै काँठ क्षेत्रको सुन्दरतालाई बढाएको छ । हरियो बोटबिरुवाले थप सुन्दरता थपेका छन् । उदाउँदो घामसँगै किसान खेतबारीमा काम गर्न मस्त देखिन्छन् । आजको फोटो फिचरमा न्युज एजेन्सी नेपालका फोटो पत्रकारले खिचेका काठमाडौंको काँठ क्षेत्रका यी मनमोहक दृश्य । 

Dabur Nepal
NIC Asia

 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक १९, २०७९  ०९:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu