site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
जाजरकोटमा प्रभावशाली नेता शक्ति र राजीव चर्चामा

सुर्खेत । एउटामात्रै निर्वाचन क्षेत्र रहेको जाजरकोटमा आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा सत्ता गठबन्धनका उमेदवारहरु दोहोरिने र एमालेका उमेदवार विगतको पराजितलाई उल्ट्याउने रणनीतिमा देखिएका छन् । 

जाजरकोटका प्रभावशाली नेता तथा गठबन्धनका उमेदवार शक्तिबहादुर बस्नेत र प्रदेश सभामा राजीवविक्रम शाह निर्वाचित भएर दोहोरिने दौडमा छन् । 

बस्नेत र शाहका प्रतिद्वन्द्वी मानिएका नेकपा एमालेका उमेदवार  निरज आचार्य र डम्बरबहादुर सिंह २०६४ र २०६८ को पराजयलाई उल्ट्याएर जित्ने रणनीतिमा छन् ।

सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेत प्रतिनिधि सभा सदस्यमा उमेदवार छन् । 

सत्ता गठबन्धनबाट प्रदेश ’क’ मा नेपाली कांग्रेसबाट वेदराज सिंह  र प्रदेश ’ख’ बाट नेपाली कांग्रेसका राजीव विक्रम शाह उमेदवार रहेका छन् । 

माओवादीका प्रभावशाली नेता बस्नेत चौथोपटक जाजरकोटमा निर्वाचित हुने दौडमा छन् । 

उनी २०६४, २०६८, २०७४ मा निर्वाचित भएका थिए । राजीव विक्रम शाह २०७० सालमा निर्वाचित भएभने २०७४ मा पराजित भएका थिए । 

कांग्रेसका प्रभावशाली नेता शाह प्रदेश मुख्यमन्त्रीको लाइनमा छन् । जाजरकोटमा बस्नेत र शाहीको चर्चा अलि बढी हुने गरेको छ । 

नेकपा एमालेका आचार्य र सिँह २०६४ र २०६८ मा एमालेबाट सांसदको उमेदवार थिए । 

दुवै क्रमशः बस्नेत र शाहसँग पराजित भएका थिए । जाजरकोटमा सत्ता गठबन्धन र एमालेका उमेदवारबीच चुनावी टक्कर देखिएको छ । 
 

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, कात्तिक १७, २०७९  १७:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro