site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

चुनावमा गरिने सुरक्षा बन्दोबस्त जनता तर्सिने वा सशङ्कित हुने प्रकारको हुनु हुँदैन ।मतदाताले ढुक्कसँग मतदान प्रक्रियामा भाग लिन पाएमात्रै निर्वाचन स्वतन्त्र र निष्पक्ष हुन्छ  ।  
 
परन्तु, निर्वाचन बहिष्कार गर्नेदेखि चुनाव जित्नै पर्ने मानसिकता भएका राजनीतिक दलका नेता कार्यकर्ताबाट निर्वाचनमा अशान्ति र हिंसा हुनसक्छ । यसप्रति राज्य बढी नै गम्भीर हुनु जरुरी छ ।
 
कम्युनिस्ट नाम भएका र नाममा नभए पनि आफूलाई कम्युनिस्ट ठान्ने गरी थुप्रै कम्युनिस्ट पार्टी निर्वाचनमा सहभागी छन् । प्रमुख दुवै गठबन्धनमा पनि कम्युनिस्ट फुँदा जोडिएकैहरू निर्णायक देखिन्छन् ।
 
तैपनि, चुनाव बहिष्कार गर्नका लागिसमेत अरू केही कम्युनिस्ट पार्टी बाँकी नै रहेछन् । नेत्रविक्रम चन्द, ऋषि कट्टेल र आहुतिका नामबाट सञ्चालित ३ वटा कम्युनिस्ट पार्टीले त चुनाव बहिष्कारमात्र होइन ‘खारेजै’ गर्ने निर्णय गरेका छन् ।
 
चुनाव बहिष्कारका लागि आह्वान गर्ने अधिकार नेपालको संविधानले नै नागरिकलाई दिएको छ । तर, चुनावमा भाग लिन चाहनेलाई बलपूर्वक रोक्ने वा निर्वाचन बिथोल्न हिंसा प्रयोग गर्ने हक भने कसैलाई पनि छैन । 
 
चुनाव बहिष्कार गर्ने घोषणा गरेका कम्युनिस्ट पार्टीमध्ये नेत्रविक्रम चन्द नेतृत्वको दल विगतमा हिंसात्मक क्रियाकलापमा संलग्न भइसकेको छ । जतिपटक हिंसामा संलग्न हुँदा पनि उन्मुक्ति पाउने गरेकाले नै त्यस समूहले फेरि धम्की दिएको हुनुपर्छ ।
 
गृहमन्त्री बालकृष्ण खाणले बुटबलमा सुरक्षा अधिकारीहरूलाई भनेजस्तै कुनै दल वा समूहका नाममा निर्वाचन बिथोल्न पाइँदैन । तर, चुनावलाई भयरहित र स्वतन्त्र बनाउन सुरक्षाको भरपर्दो प्रबन्ध मिलाउने दायित्व भने सरकारकै हो । 
 
चुनावमा हिंसा गर्नेहरूको मनोबल कमजोर बनाउन सरकारले भरपर्दो सुरक्षा प्रबन्ध मिलाउनुपर्छ । साथै, निर्वाचनमा सहभागी राजनीतिक दलहरू र हिंसाको विरोध गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदाय पनि स्पष्टरूपमा हिंसाको विरोधमा उभिनुपर्छ ।
 
नेपालमा सुरक्षाकर्मीलाई प्रायः संयम र सन्तुलन कायम राख्न निकै कठिन हुनेगरेको छ । हुलदंगा हुनेबित्तिकै या त भिडलाई खुला छाडिदिने नभए ज्यानै लिने गरी बल प्रयोग गर्ने गरिएका उदाहरण थुप्रै छन् ।
 
सुरक्षाकर्मी संयमित र चनाखो हुने हो भने सम्भवतः चुनाव बिथोल्न हिंसात्मक उपाय अपनाउनेहरू सफल हुनसक्ने छैनन् । हिंसामा संलग्न अपराधीलाई राजनीतिमा नाममा उन्मुक्ति दिने अभ्यास अन्त्यमात्रै गरे पनि हिंसाचारीहरू हतोत्साही हुनेछन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १७, २०७९  १२:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC