site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
२० वर्षपछि सत्तामा फर्केका लुला कति सफल राष्ट्रपति बन्लान् ?

काठमाडौं । लुइज इनासियो लुला दा सिल्भा यसैसाता ब्राजिलको राष्ट्रपतिमा निर्वाचित भएका छन् । विश्वको सबैभन्दा धेरै जनसंख्या भएका मुलुुकमध्ये एक ब्राजिलको पछिल्लो चुनावी जितले विश्वको ध्यान खिचेको छ । 

२० वर्षअघि दुईपटक राष्ट्रपति भइसकेका लुलाले ५०.८९ प्रतिशत मत प्राप्त गरेका छन् । लुलाले ९९.७६ प्रतिशत मत गणना गरिएकोमा ४९.११ मत पाएका निवर्तमान राष्ट्रपति जैर बोल्सोनारोलाई पराजित गरे । 

यस लेखमा पूर्वयुनियन नेता लुलाले प्रजातान्त्रिक मूल्यहरूको समर्थन गर्दै ब्राजिलको लोकतन्त्रलाई कायम राख्न अपरिहार्य बोल्सोनारोमाथि आफ्नो जित कसरी निकाले त्यसबारेमा चर्चा गर्नेछौँ ।

एक जादुमयी राजनीतिज्ञको रूपमा चिनिएका लुला अमेरिकी वामपन्थीको शक्तिकेन्द्र हुन् । उत्तरपूर्वको पर्नाम्बुको राज्यमा जन्मेका उनका आमाबाबु किसान थिए, जसले आफ्ना आठ छोराछोरीलाई खुवाउन सक्दैनथे । 

सात वर्षको उमेरमा उनकी आमा र छ जना भाइबहिनीहरू राम्रो जीवनको खोजीमा साओ पाउलो राज्यमा बसाईँ सरे । पहिले बन्दरगाह सहर सान्तोसमा र तीन वर्षपछि सबैभन्दा घना जनसंख्या भएको सहरमा उनी बसे । 

साओ पाउलोमा हुँदा विद्यालयको पढाइ बीचमै छाडेर उनी जुत्ता पालिस गर्ने काम गर्न थाले । पछि कारखानामा काम गर्न थाले । १७ वर्षको हुँदा मेसिन दुर्घटनामा परी लुलाले बायाँ हातको कान्छी औँला गुमाउनु परेको थियो ।

लुलाले २० वर्षको उमेरमा ट्रेड युनियन अभियन्ताको रूपमा आफ्नो करिअर सुरु गरेका थिए । २५ वर्षको उमेरमा उनले आफ्नी पत्नी लुर्डेस गुमाए । त्यसबेला उनी आठ महिनाको गर्भवती थिइन्, हेपाटाइटिसको कारण ज्यान गुमाइन् । 

उनले एक युनियन नेताको रूपमा आफ्नो काम जारी राखे र १९७५ मा उनी धातु मजदुरहरूको शक्तिशाली संघको अध्यक्ष चुनिए । लुलाले ब्राजिलको तानाशाही सरकारलाई चुनौती दिँदै धेरै हड्तालहरू आयोजना गरे । प्रजातन्त्र र मजदुर आन्दोलनको प्रतीकको रूपमा आफ्नो छविलाई बलियो बनाए । उनको नेतृत्व शैलीलाई देखेर पोल्याण्डको जादुई नेता एवं नोबेल शान्ति पुरस्कारका विजेता लेच वालेसासँग तुलना गरिएको थियो । 

उनी राष्ट्रपति कहिले बने ?

लुला ब्राजिलमा करिब तीन दशकदेखि घरपरिवारको नाम हो । सन् १९८० मा लुला र मजदुर, बुद्धिजीवी तथा कलाकारहरूको समूहले तत्कालीन सैन्य शासनको प्रतिक्रिया स्वरूप वर्कर्स पार्टी स्थापना गरे । एउटा यस्तो एक बहुलवादी वामपन्थी पार्टी जसले ट्रेड युनियनवादीहरू, बुद्धिजीवीहरू, कलाकारहरू र धर्मशास्त्र अभ्यासकर्ताहरूलाई एक साथ ल्याएको थियो ।

उनी ल्याटिन अमेरिकाको गुलाबी ज्वारको हिस्सा बनेर २००२ मा निर्वाचित हुनुअघि तीनपटक राष्ट्रपतिको लागि चुनावी मैदानमा उठेका थिए । उनको दुई कार्यकाल ब्राजिलको लागि आर्थिक उन्नतिको समय थियो, जसमा ब्राजिलले आर्थिक उछालको आनन्द उठायो । 

उनले बोल्सा फेमिलियासलगायतका सामाजिक कल्याणकारी कार्यक्रमहरू गरे, जसले लाखौँलाई गरिबीबाट बाहिर उकास्यो । उनले सन् २०१० मा ८३% ब्राजिलियनले मन पराएको (स्वीकृति) मूल्याङ्कनको साथ कार्यालय छोडेका थिए । 

सन् २०११ पछि उनको उत्तराधिकारीको रूपमा डिल्मा रुसेफ ब्राजिलको पहिलो महिला राष्ट्रपति बनिन् । रुसेफलाई अगस्ट २०१६ मा संसदबाट महाअभियोग लगाएर हटाइयो । 

भ्रष्टाचार जस्तो मुद्दामा परेर वर्कस पार्टीको दबदबा १३ वर्षमै समाप्त भएको थियो । त्यसबेला नयाँ राष्ट्रपति मिशेल टेमरको ब्राजिलियन डेमोक्रेटिक मुभमेन्ट पार्टीसहित लगभग सबै प्रमुख राजनीतिक दलहरू पेट्रोब्रास भ्रष्टाचार काण्डमा फसेका थिए । 

रुसेफको पहिलो कार्यकाल सफलतापूर्वक सम्पन्न गरी २०१४ मा पुन निर्वाचित भएकी थिइन् । लुलाको बाटो पछ्याउदै उनले कल्याणकारी कार्यक्रमहरूलाई बढवा दिएकी थिइन् । 

लुला ५८० दिन जेलमा 

सन् २०१७ मा संघीय अभियोजकहरूले पूर्वराष्ट्रपतिलाई उनीहरूको प्रशासनको  समयमा जरा गाडेको बृहत् भ्रष्टाचार योजनाको अनुसन्धानमा संलग्न गराए । 

लुलालाई लक्जरी अपार्टमेन्टलाई घुसको रूपमा स्वीकार गरेकोमा लगभग १० वर्षको जेल सजाय सुनाइएको थियो । तर, उक्त आरोपलाई लुलाले सधैँ राजनीतिक अभिष्टले प्रेरित भन्दै खारेज गर्ने गरेका छन् । 

अप्रिल २०१८ मा न्यायाधीश सर्जियो मोरोद्वारा घोषणा गरिएको ‘अपरेसन कार वास’ अनुसन्धानको रूपमा लुलालाई भ्रष्टाचारको लागि जेल पठाइएको थियो । फराकिलो अनुसन्धानले ब्राजिलको राज्य तेल कम्पनी पेट्रोब्रासलाई दक्षिण अमेरिकामा प्रभाव पार्ने पैसाको दुरुपयोग योजनाको रूपमा हेरिएको थियो । यसले लुलाको प्रतिष्ठालाई नराम्ररी हिर्कायो । 

तर, २०२१ मा ब्राजिलको सर्वोच्च अदालतले लुलाको सजायलाई खारेज गर्‍यो र उसको निष्पक्ष सुनुवाइको अधिकारसँग सम्झौता गरिएको बतायो । ब्राजिलको अधिकार परिषद्ले लुलालाई सन् २०२२ मा बोल्सोनारोविरुद्ध पुनः निर्वाचनमा भाग लिन अनुमति दियो । तर, ब्राजिलियनहरू लुला दोषी वा निर्दोष भन्ने कुरामा गहिरो रूपमा विभाजित छन् । 

सेप्टेम्बर २०२२ को सर्वेक्षण अनुसार ४४% मतदाताहरू अझै पनि लुलालाई सही रूपमा दोषी ठहराइएको विश्वास गर्छन् भने ४०% ले अन्यायपूर्ण रूपमा जेल पठाएको विश्वास गर्छन् । ५८० दिन जेलमा बिताएपछि सन् २०१९ को नोभेम्बरमा लुला जेलमुक्त भएका थिए ।

लुलाले कसरी जिते ?

बोल्सोनारोको कोभिड–१९ लाई डिल गर्ने तरिका, ब्राजिलको लोकतन्त्रमा आक्रमणले लुलालाई आफ्ना पूर्वराजनीतिक प्रतिद्वन्द्वीहरूसहित व्यापक एकता गठबन्धनको कमान्ड गर्न सजिलो भयो । 

उनले ‘ब्राजिलको पुनः निर्माण’ गर्ने वाचा गरेका थिए । अर्थात्, वर्षौँको कम लगानीबाट प्रभावित सार्वजनिक सेवाहरू पुनस्र्थापित गर्ने, ब्राजिलको जीवाश्म इन्धन स्रोतहरू घरेलु ऊर्जाको मूल्य कम गर्ने र मुद्रास्फीतिसँग लड्न लाखौँ ब्राजिलियनहरूलाई मद्दत गर्ने उल्लेख छ । 

तर, आलोचकहरूका अनुसार उनको अभियान धेरै हदसम्म नोस्टाल्जियामा निर्भर थियो । उनले चुनावअघि आर्थिक योजनाको विवरण साझा गर्न अस्वीकार गरेका थिए । “म एक मात्र उमेदवार हुँ जससँग मानिसहरूले आर्थिक नीतिको बारेमा चिन्ता गर्नुपर्दैन,” उनले मार्च २०२२ मा टाइमडटकमलाई भने ।

लुलाका चुनौतीहरू

सन् २००० को प्रारम्भमा गरेको पहिलो सरकारले भन्दा धेरै चुनौतीपूर्ण आर्थिक परिदृश्यको सामना लुलाले यसपालि गर्नेछन् । 

ब्राजिल आठ वर्षदेखि एउटा आर्थिक संकटबाट अर्को आर्थिक संकटमा फसिरहेको छ । 

यता, युक्रेनको युद्धबाट भएको विश्वव्यापी आर्थिक उथलपुथलले ऊर्जाको मूल्य बढाएको छ । एकवर्ष लामो खडेरीले महत्वपूर्ण कृषि क्षेत्रमा उत्पादनलाई रोकिरहेको छ ।

यस्तै, २०१८ मा आफ्नो चुनावपछि बोल्सोनारोले ब्राजिलमा परिवर्तनकारी प्रभाव पारेका छन् । पूर्वराष्ट्रपतिले ब्राजिलका धेरै विदेशी सहयोगीहरूसँग सम्बन्ध बिगारेका छन् । अमेजनको रेन फरेस्टको रक्षा गर्न अस्वीकार गरेपछि युरोपियन युनियन ब्राजिलसँग रिसाएको छ । 

बोल्सोनारोले वन र आदिवासी जनजातिको सुरक्षाका लागि बनाइएको कानुनको कार्यान्वयनलाई खारेज गर्ने र अन्तर्राष्ट्रिय सहयोग समावेश गर्ने परियोजनाहरू समाप्त गरेका थिए । फलस्वरुप, वन फँडानी दरमा भएको वृद्धि भएको छ । 

बोल्सोनारोको राष्ट्रपतिको पहिलो तीन वर्षमा ६०% वृद्धि भई जलवायु परिवर्तनसँग लड्न कार्बन डाइअक्साइडलाई वायुमण्डलबाट बाहिर राख्ने विश्वव्यापी प्रयासहरूमा ठूलो धक्का पुर्‍याएको छ । 

ब्राजिल २०२१ को दोस्रो अर्ध वार्षिकमा मुद्रास्फीतिले नराम्ररी प्रभावित भएको थियो । यद्यपि, मुद्रास्फीति अहिले घट्दै गएको छ र देशको अर्थतन्त्र पुनः प्राप्ति भइरहेको छ । तर, वास्तविक आम्दानी कोरोनाभाइरस महामारी अघिको स्तरमा फर्किएको छैन ।

बोल्सोनारोले गएको आइतबार राष्ट्रपतिको पद गुमाए पनि उनको राजनीतिक आन्दोलन मरेको छैन । उनको विवादास्पद पूर्ववातावरण मन्त्रीसहित उनको सरकारमा मन्त्रीको रूपमा सेवा गरेका धेरै उमेदवारहरूले अक्टोबर २ मा भएको पहिलो चरणको चुनावमा ब्राजिलको कांग्रेसमा सिटहरू जितेर आफ्नो दक्षिणपन्थी लिबरल पार्टीलाई माथिल्लो र तल्लो सदन दुवैमा सबैभन्दा ठूलो पार्टी बनाएका छन् । 

ब्राजिलका आर्थिक रूपमा महत्वपूर्ण तीन राज्यहरूको गभर्नरसिप पनि बोल्सोनारो सहयोगीहरूले जितेका थिए । यसले लुलाको एजेन्डाहरूलाई केही ओझेलमा पार्न सक्ने विश्लेषकहरू बताउँछन् । विशेषगरी न्यूनतम पारिश्रमिक बढाउने वा ब्राजिलको जलवायु लक्ष्यहरू मापन गर्ने जस्ता लामो समयदेखि रोकिएका लक्ष्यहरूमा असर पार्नेछ । 

स्रोत : अन्तर्राष्ट्रिय न्यूज एजेन्सीहरुको सहयोगमा 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, कात्तिक १७, २०७९  ११:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro