अर्थ व्यवसाय
काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले गत आर्थिक वर्ष ०७८/७९ को लाभांश प्रस्ताव गरेको छ ।
कम्पनीको कात्तिक १६ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापुँजीको आधारमा प्रतिकित्ता एक हजार २१५ रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले लाभांश प्रयोजनका लागि मंसिर ४ गतेदेखि २० गतेसम्म बुक क्लोज गर्ने समेत जानकारी दिएको छ । मंसिर ३ गतेसम्म कायम सेयरधनीले कम्पनीको साधारणसभाबाट पारित भएपछि उक्त लाभांश प्राप्त गर्नेछन् ।
प्रकाशित मिति: बिहीबार, कात्तिक १७, २०७९ ११:११
प्रतिक्रिया दिनुहोस्