site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
स्टोरी बैंकमा आएनन् पर्याप्त स्क्रिप्ट
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । चलचित्र विकास बोर्डले स्टोरी बैंकका लागि आह्वान गरे पनि सिनेमा मेकरहरूले पर्याप्त सहभागिता नजनाएको पाइएको छ । बोर्ड स्वयंले निर्धारित मितिमा उल्लेख्य सहभागिता नजनाएको स्पष्ट पारेको छ । 

अपेक्षित सहभागिता नभएपछि बोर्डले स्टोरी पठाउन पुनः समय थप गरेको छ । ३० दिन समय थप गरिएको बोर्डले जानकारी दिएको छ । कात्तिक ३ गतेदेखि पुनः एक महिनाभित्र सिनेमाको स्क्रिप्ट पठाउन सकिनेछ । यसअघि भदौ ३० देखि ३५ दिनका लागि समय उपलब्ध गराउँदै बोर्डले स्क्रिप्ट पठाउन आह्वान गरेको थियो । 

स्वदेशी चलचित्रको विकास, प्रवद्र्धन र संरक्षणका लागि मौलिक, ऐतिहासिक, यथार्थपरक, कलात्मक, सामाजिक, सांस्कृतिक, सन्देशमूलक एवं राष्ट्रियताको पहिचानमा आधारित कथावस्तुमा चलचित्र निर्माण गर्न प्रोत्साहनका लागि बोर्डले उत्कृष्ट स्क्रिप्ट छनोट गरी चलचित्रको निर्माणमा प्रोत्साहन स्वरुप सहकार्य÷सहयोग गर्न भन्दै स्टोरी बैंक खडा गरेर स्क्रिप्ट आह्वान गर्दै आएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक १५, २०७९  ०८:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu