साहित्य
काठमाडौं । ‘विच लोकल नेपाल’ र कुटुम्ब ब्यान्डको आयोजनामा सिमसार म्युजिक फेस्टिबल हुने भएको छ । कीर्तिपुरको सिम क्षेत्रमा पहिलो पटक म्युजिक फेस्टिभल हुन लागेको हो ।
सिम क्षेत्रलाई प्रवद्धन गर्नका लागि फेस्टिभलको आयोजना गर्न लागिएको आयोजक ‘विच लोकल नेपाल’का निकेस महर्जनले जनाकारी दिए ।
फेस्टिभल कात्तिक २६ गते हुने आयोजकले जारी गरेको प्रेस नोटमा उल्लेख छ । कीर्तिपुर ४ मा हुने फेस्टिभलको टिकट शुल्क १ हजार राखिएको छ ।
फेस्टिबलमा कुटुम्ब ब्यान्ड, कान्ता दब दब र नाइट एण्ड मेनी मोरको प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक १४, २०७९ ११:२५
प्रतिक्रिया दिनुहोस्