site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाकिस्तानले नेपालसँगको खेल घोषणा गरिसक्यो, एन्फालाई थाहै छैन ?
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । पाकिस्तान फुटबल संघ (पीएफएफ)ले नेपालविरुद्धको दुई मैत्रीपूर्ण खेलको घोषणा गरेको झण्डै तीन साता हुन लाग्यो । तर, नेपाल फुटबल संघ (एन्फा)ले भने मैत्रीपू‍र्ण खेलबारे केही टुंगो नलागेको बताएको छ ।

पाकिस्तानले १३ अक्टोबरमा नोभेम्बरको मध्यतिर नेपालविरुद्ध मैत्रीपूर्ण खेल खेल्ने घोषणा गरेको थियो । तर, एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले पाकिस्तानबाट मैत्रीपूर्ण खेलका लागि प्रस्ताव आएको भएपनि एन्फाको आगामी बैठकले मात्र त्यसबारे निर्णय लिने बताएका छन् । 

“एन्फालाई पाकिस्तान फुटबल संघले मैत्रीपूर्ण खेलका लागि प्रस्ताव गरेको हो । तर, त्यसबारे निर्णय भइसकेको छैन । प्रस्तावित खेल ‘फिफा डे’मा पनि छैन । यसबारे सोमबार हामी पदाधिकारी बैठक बसेर निर्णयमा पुग्नेछौँ,” वरिष्ठ उपाध्यक्ष खड्काले भने । 

KFC Island Ad
NIC Asia

Pakistan Football (1)1667129218.jpg

उपाध्यक्ष खड्काले खेलबारे कुनै निर्णय नभएको बताएपनि फुटबल पाकिस्तान डटकमले पाकिस्तान फुटबल संघलाई उद्धृत गर्दै नोभेम्बर १४ देखि २१ को दुई देशबीच दुई खेले हुने जनाएको छ । त्यसका लागि पाकिस्तानी टिम १३ नोभेम्बरमा नेपाल आउनेसमेत समाचारमा उल्लेख छ । पाकिस्तान फुटबल संघले पनि फेसबुक पेजमा लाहोरमा ६ साताको प्रशिक्षणपछि मैत्रीपूर्ण खेलका लागि नेपाल जाने उल्लेख गरेको छ ।

Royal Enfield Island Ad

पाकिस्तानले नेपाल भ्रमणका लागि तयारी गरिरहँदा एन्फाका पदाधिकारी भने यसबारे अन्योलमै छन् । एन्फाका प्रवक्ता सुरेश शाहले पनि पाकिस्तानविरुद्ध मैत्रीपूर्ण खेल्नेबारे टुंगो नलागेको बताए ।

उनले भने, “पाकिस्तानले दुई खेलका लागि प्रस्ताव गरेको छ । तर, खेल्ने नखेल्ने भन्ने बारेमा अझै केही निर्णय भइसकेको छैन । यसका लागि एन्फा कार्यसमितिको आगामी बैठकले निर्णय गर्नेछ ।”

Pakistan Football (2)1667129218.jpg

प्रवक्ता शाहले कार्यसमिति बैठकबाट निर्णय लिने बताएका छन् । तर, वरिष्ठ उपाध्यक्ष खड्का भने पदाधिकारी बैठकबाट नै यस विषयमा निर्णय लिने बताउँछन् । अर्थात् एन्फा पदाधिकारी नै यस विषयमा स्पष्ट छैनन् । यसबाट नै थाहा हुन्छ कि एन्फा पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलका लागि गम्भीर छैन ।

अझै सुरु भएन प्रशिक्षक नियुक्तिको प्रक्रिया
पाकिस्तानले बताएको मितिमै खेल्ने हो भने अब दुई साता मात्र समय छ । तर, नेपाली टिमले त्यसको कुनै तयारी गरेको छैन । नेपाली टोलीका तत्कालीन मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राजीनामा दिएपछि रिक्त स्थान पूर्तिका लागि पनि एन्फाले कुनै कदम चालेको छैन ।

यस बिचमा नेपाली टोलीले बंगलादेशविरुद्ध एक मैत्रीपूर्ण खेल खेलेको थियो । उक्त खेलमा एन्फाले प्रदीप हुमागाईंलाई कार्यबाहक मुख्य प्रशिक्षक तोकेको थियो । हुमागाईंले उक्त खेल सकिए लगत्तै आफ्नो कार्यकाल समाप्त भएको बताएका थिए । त्यसकारण अहिले नेपाली टोली प्रशिक्षकविहीन छ । एन्फाले हुमागाईंलाई कार्यबाहक मुख्य प्रशिक्षकको जिम्मेवारी दिएपछि अल्मुताइरीले पदबाट राजीनामा दिएका थिए ।

Almutairi1667129250.jpg

अल्मुताइरीले नेपाली टिमको प्रशिक्षण छोडेको तीन महिना बढी भइसक्यो । तर, एन्फाले भने अझै नयाँ प्रशिक्षकका लागि औपचारिक प्रक्रियासमेत सुरु गरेको छैन । 

एन्फाका प्रवक्ता शाहले पाकिस्तानविरुद्ध खेल्ने तय भएमा उक्त खेलका लागि स्थायी रूपमा मुख्य प्रशिक्षक नियुक्तिको सम्भावना अहिले कम भएको बताए ।

“केही प्रशिक्षकहरूसँग कुराकानी भइरहेको छ । तर, औपचारिक प्रक्रिया भने सुरु भइसकेको छैन,” एन्फा प्रवक्ता शाहले थपे, “नियुक्त गर्नका लागि ३५ दिने आवेदन सूचना निकाल्नुपर्छ  । त्यसबाट छनोट गर्नुपर्छ । यसका लागि केही समय लाग्छ ।”

गएको जुन दोस्रो साता कुवेतमा भएको एसिया कप छनोटतेस्रो चरणको प्रतियोगितापछि एन्फासँग तीन महिना छुट्टी लिएर बसेका तत्कालीन प्रशिक्षक अल्मुताइरीले कुवेतबाटै राजीनामा दिएका थिए ।

Nepali Football11664297092.jpg

यदि पाकिस्तानविरुद्धको खेल भएमा कार्यबाहक प्रशिक्षक नियुक्त भएका हुमागाईंलाई निरन्तरता दिने मनस्थितिमा पनि एन्फा छैन । खेलपछि हुमागाईंले दिएको अभिव्यक्ति विवादस्पद बनेको थियो । उनलाई कारबाही गर्न नेपाल खेलकुद पत्रकार मञ्चले एन्फाको ध्यानाकर्षण गराएको थियो । 

“हामी विदेशी प्रशिक्षक नै ल्याउने तयारी गरिरहेका छौँ । यसका लागि केही प्रशिक्षकहरूसँग हामीले वार्ता प्रक्रिया पनि अघि बढाएका छौँ । तर, सूचना निष्कासन, सीभी सर्टलिस्ट गर्ने आदी प्रक्रिया पूरा गर्दा यसका लागि केही समय लाग्छ,” एन्फा प्रवक्ता शाहले थपे, “प्रदीप हुमागाईं र उनका अन्य अफिसियलहरूसँग एन्फाले बंगलादेशसँगको खेलका लागि मात्र करार सम्झौता गरेको हो । त्यसैले खेलसँगै उनीसँगको सम्झौता समाप्त भइसकेको छ र फेरि आउने सम्भावना छैन ।”

बंगलादेशसँगको मैत्रीपूर्ण खेलपछि तितरबितर बनेको नेपाली टिमका नियमित सदस्य सुमन अर्याल अस्ट्रेलिया गइसकेका छन् । राष्ट्रिय टिमबाट खेलिसकेका अन्य थुप्रै खेलाडी पनि अस्ट्रेलिया जाने तयारीमा छन् ।

यसअघि आशिष लामा, दर्शन गुरुङ, सुमन लामा, सन्तोष तामाङ, नवीन गुरुङ, राजन गुरुङ, हेमन्त थापामगर लगायतले नेपाल छाडिसकेका छन् । पाकिस्तानसँगको खेल हुने टुंगो लागे राष्ट्रिय टिमका लागि प्रारम्भिक प्रशिक्षणमा कति जना बोलाउँने भन्ने जवाफसमेत एन्फासँग छैन । 

तीन वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा फर्किंदै पाकिस्तान, आठ वर्षपछि नेपालसँग खेल्दै
गएको जुन १ मा अन्तर्राष्ट्रिय फुटबलको सर्वोच्च निकाय फिफाको प्रतिबन्धबाट फुकुवा भएको पाकिस्तानले तीन वर्षपछि अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो । नेपालसँग भने पाकिस्तानले आठ वर्षपछि खेल्न लागेको हो । पछिल्लो पटक नेपालले सन् २०१३ मा घरेलु मैदानमा भएको साफ च्याम्पियनसिपमा पाकिस्तानसँग खेलेको थियो । यो खेल १–१ को बराबरीमा टुंगिएको थियो ।

पाकिस्तानले सन् २०१९ को जुनमा विश्वकप छनोटअन्तर्गत कम्बोडियासँग अन्तिम अन्तर्राष्ट्रिय खेल खेलेको थियो । फिफाले सन् २०२१ को मार्चमा तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै पाकिस्तानलाई दोस्रोपटक प्रतिबन्ध लगाएको थियो । त्यसअघि सन् २०१७ मा पनि पाकिस्तानको फिफाको प्रतिबन्धमा परेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक १३, २०७९  १७:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro