site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

दार्चुलामा सीमापारि सडक निर्माण गर्दा पड्काइएको ढुंगाले लागेर नेपाली बालकको दुःखद मृत्यु भयो । भारतीय पक्षले सामान्य सावधानी अपनाएको भए सम्भवतः यो दुःखद घटना हुने थिएन । 

भारतीय पक्षको लापरवाहीका कारण नेपाली बालकको अकाल मृत्यु हुँदा नेपालमा आक्रोश उत्पन्न हुनु स्वाभाविकै हो । यसैले सामाजिक सञ्जाल र समाजमा घटनाको विरोध भएको हुनुपर्छ ।

सडक निर्माणमा संलग्न भारतीय ठेकेदार कम्पनीले घटनामा गल्ती स्वीकार गरेर क्षतिपूर्ति उपलब्ध गराउन तयार भएको समाचार सार्वजनिक भएको छ । यसैले अब यस विषयमा आक्रोशभन्दा सुझबुझ देखाउनु आवश्यक छ ।

Agni Group

यसै पनि भारतीय संस्थापनको हेपाहा प्रवृत्तिप्रति नेपाली समाजमा आक्रोश रहिआएको छ । यही आक्रोशलाई नेपालका केही राजनीतिक समूह र व्यक्तिहरूले  बेलाबखत दोहन गर्ने गरेका छन् । 

दार्चुलाको घटनामा पनि केही राजनीतिक दलका नेताले भोटको राजनीति गर्न थालेका छन् । तिनको यस्तो अवसर छोप्ने र गौँडा कुर्ने प्रवत्तिले देशको भने कहिल्यै भलो गरेको छैन ।

Global Ime bank

अब नेपाली जनता पनि अपेक्षाकृत सचेत भइसकेका छन् । लहैलहैमा बहकिने प्रवृत्ति निकै कम भएको छ । यसैले कुनै पनि आक्रोशलाई दोहन गरिहाल्ने प्रयास तिनैका लागि प्रत्युत्पादक हुनसक्छ ।

 हुनत, नेपालको सरकारी संयन्त्र भने सधैँ नै प्रतिक्रियाबाट सञ्चालन हुनेगरेको देखिन्छ । तर, सरकारले यस्ता घटनामा पूर्वक्रियाशीलता देखाउने शैली अपनाउनु बुद्धिमानी हुन्छ । स्थानीय प्रशासनले यसमा अग्रसरता देखाउनुपर्छ ।

भारत र नेपालबीच सीमा जोडिएको मात्रै होइन खुला पनि छ । जनजीवनका साथै भौगोलिकरूपमा पनि बढी नै अन्तरनिर्भरता छ । यसैले पनि दुवै देशका जनताबीचको सम्बन्ध राजनीतिक वा अन्य उतारचडावबाट प्रभावित हुँदैन ।

दार्चुला घटनाबाट भारतीय पक्षले पनि पाठ सिकेर नेपालीलाई हेप्न र यस्ता विषयमा हेलचेक्य्राइँ गर्न छाड्नुपर्छ । साथै, पीडित परिवारसँग नेपालको आधिकारिक संयन्त्रमार्फत संवाद गरेर क्षतिपूर्ति प्रक्रिया छिटो पूरा गर्न भारत सरकारले अग्रसरता देखाओस् । 
    
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक १३, २०७९  ११:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC