राजनीति
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय परिचालन समितिमा थप सदस्य मनोनयन गरिएको छ । आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर शनिबार थप आठ सदस्य मनोनीत गरिएको हो ।
पार्टी सभापति शेरबहादुर देउवाले कांग्रेसको विधान, २०१७ (संशोधनसहित)बमोजिम केन्द्रीय सदस्य एवं पूर्वउपसभापति गोपालमान श्रेष्ठको संयोजकत्वमा गठन गरेको ‘प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९, केन्द्रीय परिचालन समिति’मा थप आठ सदस्य मनोनयन गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । रासस
प्रकाशित मिति: शनिबार, कात्तिक १२, २०७९ २२:३२
प्रतिक्रिया दिनुहोस्