site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad

केही राजनीतिक दलका शीर्ष नेतालाई चुनाव हराउन आह्वान गर्दै सामाजिक सञ्जालमा चलाइएको प्रचार अभियान बन्द गर्न निर्वाचन आयोगले जारी गरेको सार्वजनिक सूचनाको नागरिक समाजमा विरोध भएको छ । यसबाट आयोगको छवि अपेक्षाकृत अनुदार  हुनपुगेको देखिन्छ ।
 
‘नो नट एगेन’ नाममा फेसबुकमा यसरी अभियान चलाउने समूहले त “यस अभियान कसैको कुप्रचार वा बदनियतपूर्ण ढंगबाट सुरु” नभएको स्पष्टीकरण दिएको छ । सामाजिक सञ्जालहरूमा पनि आयोगको यस सूचनाको चर्को विरोध गरिएको छ ।
 
निर्वाचन आयोगले “उमेदवार रहेका दलका नेताहरूबारे लाञ्छनापूर्ण अभिव्यक्ति तथा भ्रामक र द्वेषपूर्ण श्रव्यरश्रव्यदृश्य सामग्री प्रकाशन” गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै आपत्ति प्रकट गरेको थियो । त्यस्ता सामग्री भने प्रायः बेनामी देखिएका छन् ।
 
आयोगले ‘झुठ’ भनेको ती फेसबुक पेजरग्रुप तत्काल हटाउन आग्रह गर्दै अटेर गर्नेलाई कानुनबमोजिम कारबाही गर्ने चेतावनी पनि दिएको छ । आयोगले त्यस्तो कसुर गर्नेलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको पनि स्मरण गराएको छ ।
 
सामान्य जनताका दृष्टिमा वितृष्णाका पात्र बन्न पुगेका शीर्ष नेताहरूविरुद्ध स्वःस्फूर्त रूपमा पनि निषेध अभियान चल्न सक्छ । यसलाई रोक्न खोजेर निर्वाचन आयोगले अभिव्यक्ति स्वतन्त्रताको लक्ष्मणरेखा नाघ्न खोजेजस्तो देखियो । 
 
हुनत, निर्वाचन आयोगका पदाधिकारीले शीर्ष नेताहरूको बढी नै ‘ताबेदारी’ गरेको छाप जनमानसमा परेको देखिन्छ । तर, अभिव्यक्ति स्वतन्त्रताको पनि दुरुपयोगबाट कुनै उमेदवारलाई क्षति पुग्न रोक्ने दायित्व पनि आयोगको नै हो भन्ने यथार्थ बिर्सन मिल्दैन ।  
 
चुनावमा कसैको पक्ष वा विपक्षमा प्रचार गर्ने स्वतन्त्रता नागरिकलाई हुन्छ । यसलाई निर्वाचन आयोग वा अरू कसैले छेकबार गर्न खोज्नु अधिनायकवादी सोच र प्रवृत्ति ठहरिन्छ । तर, प्रचार प्रसारको अधिकार प्रयोग गर्ने व्यक्ति पनि त्यसप्रति उत्तरदायी भने हुनुपर्छ ।
 
 
निर्वाचन आयोगले यस्ता प्रचार सामग्रीलाई झुटो भन्नुभन्दा तिनका जिम्मेवार व्यक्तिको किटान गर्न लगाउनु उचित हुनेछ । कसैका पक्षविपक्षमा प्रचार प्रसार गर्नेले आफूलाई लुकाउँदा अनुत्तरदायी सामग्री प्रचार प्रसार हुने जोखिम बढी हुन्छ । 
 
निर्वाचन वा कुनै पनि घटनामा कसैमाथि आरोप लगाउँदा त्यसको सफाइ दिने मौकाबाट वञ्चित गर्नु प्राकृतिक न्यायको सिद्धान्तविपरीत हुन्छ । प्रतिवादकै लागि पनि प्रचार गर्ने जिम्मेवार व्यक्ति किटान हुनु वा त्यस्ता सामग्रीको उत्तरदायी व्यक्ति किटान हुनु न्यायोचित र विश्वसनीय हुन्छ । 
 
सर्वोच्च अदालतले परमादेशसमेत जारी गरेको ‘नो भोट’ को वैधानिक व्यवस्था गरिएको भए यसप्रकारको निषेध अभियानमा सम्भवतः कसैले ध्यान पनि दिने थिएन । कारण, सहजरूपमै मतदाताले निषेधको मत व्यक्त गर्न पाउने थिए । यसैले अहिलेको निषेध अभियान राज्यकै अकर्मण्यताको पनि उपज हो ।
 
जेहोस्, निर्वाचन आयोगले फेसबुक पेज हटाउन होइन त्यस्ता प्रचार सामग्री प्रकाशन गर्नेले अँध्यारोमा अनुहार लुकाउन नपाउने अर्थात् आफूले प्रचार गरेको सामग्रीप्रति उत्तरदायी बनाउन ध्यान देओस् ।  आफ्नो पहिचान खुलाएर शिष्ट विरोध गर्नेलाई रोक्नु प्रत्युत्पादक हुनसक्छ ।
 
 
 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ११, २०७९  १३:१७
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro