site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
बालगाेपालेश्वरमा भाइटीका लगाउनेकाे भिड (तस्बिरहरू)
SkywellSkywell

 

काठमाडाैं । काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउन थालिएको छ
। 

Bhaitika Tihar at Balgopaleshor 81666850480.JPG

Dabur Nepal
NIC Asia

बिहीवार बिहानैदेखि बालगोपालेश्वर मन्दिरमा दिदीबहिनी नहुनेहरूलाई भाइटीका लगाउन सुरु गरिएको हो । दिदीबहिनी नहुनेका लागि वर्षमा आज एकदिन मात्रै बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन रहेको छ ।

Bhaitika Tihar at Balgopaleshor 11666850483.JPG

बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ । दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गइ पूजा, दर्शन गर्ने र टीका लगाउने गर्दछन् । 

Bhaitika Tihar at Balgopaleshor 21666850483.JPG

तिहारको पाँचौँ दिन आज भाइटीका दिदिबहिनीहरूले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था  निष्ठाका साथ दीर्घायु, आरोग्य  ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पाअनुसार सप्तरङ्गी टीका लगाइदिने गर्दछन् । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिका अनुसार यस वर्षको तिहारको भाईटीकाको उत्तम साइत ११ बजेर ३७ मिनेटमा रहेको थियाे ।

Bhaitika Tihar at Balgopaleshor 51666850482.JPG

दिदिबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिन्छन् । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता छ ।

Bhaitika Tihar at Balgopaleshor 61666850481.JPGआज लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजा आराधना गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरीलगायतका फूलका माला लगाइदिने गरिन्छ ।

Bhaitika Tihar at Balgopaleshor 91666850480.JPGटीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटीलगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिइ सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ ।

Bhaitika Tihar at Balgopaleshor 41666850482.JPGपरापूर्व कालमा मृत्युका राजा यमराज आफ्नी बहिनी यमनालाई पृथ्वी लोकमा भेट्न आएका र यमुनाले निमन्त्रणा गरी यमराजलाई भेट्न बोलाइ पृथ्वी लोकमा भाइटीका लगाएको पौराणिक कथा छ । त्यो बेलामा यमपञ्चक परेको र यमपञ्चकभर यमराज यमुनाकोमा बसेर भाइटीकाको दिन यमुनाले दाजुलाई पूजा गरी उपहार दिएर दाजुसँग आशीर्वाद लिएको कथा छ ।

Bhaitika Tihar at Balgopaleshor 71666850481.JPGतस्बिरहरू : अभिषेक महर्जन/बाह्रखरी

 

 

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १०, २०७९  ११:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu