विदेश
काठमाडौं । ऋषि सुनक बेलायतको प्रधानमन्त्री बन्ने निश्चित भएको छ ।
कन्जरभेटिभ पार्टीको नेताको दौड जितेपछि सुनक प्रधानमन्त्री बन्ने निश्चित भएको हो ।
पेनी मोर्डन्टले पार्टीको नेतृत्त्वका लागि प्रतिस्पर्धाबाट हात झिकेपछि सुनक प्रधानमन्त्री बन्ने भएका हुन् ।
मोर्डन्टले आफ्नो लागि पर्याप्त समर्थन जुटाउन नसकेपछि सुनकलाई समर्थन गरेका छन् ।
यसअघि, सुनक प्रधानमन्त्रीकाे दाैडमा लिज ट्रससँग पराजित भएका थिए ।
सुनक पहिलाे ब्रिटिस एसियाली प्रधानमन्त्री बन्नेछन् ।
बेलायतले ठूलाे आर्थिक चुनाैतीहरू सामना गरिरहेकाे बेला उनले कार्यभार सम्हाल्न लागेका हुन् ।
प्रकाशित मिति: सोमबार, कात्तिक ७, २०७९ १९:३१
प्रतिक्रिया दिनुहोस्