देश
जनकपुरधाम । दीपावलीका लागि जनकपुरधाममा झकिझकाउ बनाइएको छ । सोमबार बिहानैदेखि घर तथा पसलअगाडि केराको थम्बा गाडेर सजाइएको छ । झिलिमिली बत्ती बालेर झकिझकाउ बनाइएको छ ।
प्रत्येक वर्ष जनकपुरधामका बजारमा ग्रामीण क्षेत्रबाट ट्याक्टरमा केराका थम्बा ल्याएर बिक्री गरिने गरिन्छ । सोमबार किसानले केराको प्रतिथम्बा (बोट) २०० रुपैयाँसम्ममा बिक्री गरेका छन् ।
जनकपुरधामसहित मिथिला क्षेत्रमा देउसीभैलो खेल्ने परम्परा छैन । यस दिन राति देवी लक्ष्मीको पूजापाठ गरी दीपावली मनाइन्छ । घरघरमा विभिन्न किसिमका रंगीचंगी बत्ती बालिन्छ ।
थप तस्बिर हेर्नोस्–
प्रकाशित मिति: सोमबार, कात्तिक ७, २०७९ १४:४४
प्रतिक्रिया दिनुहोस्