काठमाडौं । नेपाली कथानक चलचित्र ‘प्रेम गीत–३’ले नेपालमा १५ करोड ५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ । हिन्दी र नेपाली दुवै संस्करणबाट यो सिनेमाले नेपालमा १५ करोड ५ लाख ग्रस कलेक्सन गरेको हो ।
“नेपालभित्र हाम्रो सिनेमाले १५ करोड ५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ,” निर्देशकसमेत रहेका निर्माता सन्तोष सेनले भने ।
योभन्दा ठूलो परिमाणमा ‘प्रेम गीत–३’ले भारत र अन्य देशबाट कलेक्सन गरेको छ । “नेपालबाहेक भारतसहितका देशबाट प्रेम गीत–३ ले २२ करोड ५० लाख ग्रस गरेको छ,” सन्तोषले भने ।
सन्तोष सेन र छेतेन गुरुङले संयुक्त रूपमा निर्देशन गरेको चलचित्रमा प्रदीप खड्का, सुनील थापा, शिव श्रेष्ठ, कृष्टिना गुरुङ, मनिष राउतलगायत कलाकार मुख्य भूमिकामा थिए ।
नेपाल र भारतमा ‘प्रेम गीत–३’ असोज ७ गते एकसाथ रिलिज भएको थियो । हिन्दी भाषामा डबिङ भएर भारतमा रिलिज हुने यो नै पहिलो नेपाली चलचित्र हो ।