साहित्य
काठमाडौं । नेपाली काव्य विधामा छोटाछोटा कविता लेखेर त्यसलाई ‘छेस्का’ नामाकरण गर्ने गरिएको छ । यसैक्रममा ज्ञानबहादुर क्षेत्रीको छेस्काकृति ‘अनुराग’ प्रकाशनमा आएको छ । यो उनको तेस्रो छेस्का कृति हो ।
गएको शनिबार अर्घाखाँचीमा एक साहित्यिक कार्यक्रमबीच कवि क्षेत्रीको एकल छेस्कासंग्रह सार्वजनिक गरिएको हो । लुम्बिनी वाङ्मय प्रतिष्ठानका अध्यक्ष ऋषिराज आचार्य आजाद तथा छेस्का साहित्य नेपालका सदस्य ओम आचार्यले संयुक्त रूपमा कृतिको विमोचन गरेका थिए ।
कृतिमाथि माधवराज चुदालीले समीक्षात्मक टिप्पणी गरे । कार्यक्रममा ऋषि आचार्य आजाद, ज्ञानबहादुर क्षेत्रीलगायत व्यक्तिले बोलेका थिए ।
प्रकाशित मिति: सोमबार, कात्तिक ७, २०७९ ११:०६
प्रतिक्रिया दिनुहोस्