site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
कुनै पनि हालतमा हाम्रो गठबन्धनले जित्न आवश्यक छ : देउवा
SkywellSkywell

विराटनगर । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनले कुनै पनि हालतमा जित्न आवश्यक रहेको बताएका छन् । शनिबार विराटनगरमा आयोजित सत्ता गठबन्धनको कार्यक्रममा देउवाले संविधानको रक्षाका लागि गठबन्धनको जित आवश्यक रहेको बताए ।

"गठबन्धनले जित्नु भनेको संविधानको रक्षा हुनु हो । हाम्रो उद्देश्य एउटै छ । कुनै शंका उपशंका छैन । कुनै पनि हालतमा हाम्रो गठबन्धनले जित्न आवश्यक छ," देउवाले भने ।

Dabur Nepal
NIC Asia

उनले लोकतन्त्रको रक्षाका लागि गठबन्धन भएको पनि बताए । उनले गठबन्धनका उमेदवारलाई अत्यधिक मतका साथ विजयी गराउन पनि आग्रह गरे ।

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि गठबन्धन गरेको भन्दै उनलाई चुनावबाट जवाफ दिन कार्यकर्तालाई आग्रह गरे ।

"ओलीजीले पनि गठबन्धन गर्नुभएको छ त । उहाँले गठबन्धन गर्न हुने हामीले गर्न किन नहुने ? ओलीजी खाली गफमात्र गर्नुहुन्छ । काम गर्नुहुन्न," देउवाले भने ।

सत्ता गठबन्धनले देशका प्रमुख सहरमा चुनाव लक्षित कार्यक्रम गरिरहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक ५, २०७९  १४:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro