site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

बिरामीमा प्रत्यारोपण गर्न दाताको शरीरबाट निकालिएको मिर्गौला खेर फालिएको समाचार शल्यचिकित्सकहरूका लागि सामान्य लाग्न सक्ला तर जनसाधारणका लागि भने त्रास र क्षोभको विषय हो । देशकै ठूलो सरकारी अस्पतालमा भएको यस घटना समग्र स्वास्थ्य सेवाकै विश्वसनीयता सङ्कटमा परेको छ । 

मिर्गौला प्रत्यारोपणका लागि वीर अस्पतालमा भर्ना भएकी बिरामीलाई दिन दाताबाट  चिकित्सकहरूले मिर्गौला निकाले । तर, मिर्गौला प्रत्यारोपणका लागि उपयुक्त नभएको भनेर बिरामीलाई भने प्रत्यारोपण गरिएन । दाताको शरीरबाट झिकिएको मिर्गौला खेर गयो ।

यस घटनाका सरोकारवाला बिरामी र अस्पताल प्रशासनबीच उपचारका सम्बन्धमा सम्झौता भएको समाचार सार्वजनिक भएको छ । यसैगरी वीर अस्पताल प्रशासनले घटनाको छानबिनका लागि समिति पनि गठन गरेको छ । तर, यस्तो प्रकृतिको घटना सार्वजनिक चासो र चिन्ताको विषय हो । 

Prabhu Bank
Agni Group
NIC Asia

देशभित्रै मिर्गौला प्रत्यारोपण गर्न सकिने भएपछि अपेक्षाकृत निम्नमध्यम वर्गका बिरामीमा समेत आशा पलाएको हो । यसैले मिर्गौला प्रत्यारोपणका लागि अस्पतालहरूमा पालो पर्खनेहरूको लामो सूची छ । तर, कानुनी अड्चन र स्वास्थ्य सुविधाको अभाव समेतले गर्दा मिर्गौला प्रत्यारोपण अझै सहज भएको छैन ।

मिर्गौला प्रत्यारोपणपूर्व दाताको स्वास्थ्य अवस्थाको पनि पक्कै परीक्षण भएकै हुनुपर्छ । त्यस क्रममा उपयुक्त ठहरिएको मिर्गौला प्रत्यारोपणका लागि झिकिसकेपछि कसरी अनुपयुक्त देखियो भन्ने उत्तर अस्पतालको आन्तरिक छानबिन र नेपाल मेडिकल काउन्सिललगायत सम्बन्धित निकायले जनसाधारणलाई पनि दिनुपर्ने देखिन्छ । 

Global Ime bank

वीर अस्पतालमा भएको मानवीय हेलचेक्य्राइँ नै यस घटनाको प्रमुख कारण हुनुपर्छ । साथै, मानवीय त्रुटिका साथै आवश्यक विभिन्न परीक्षणमा प्रयोग हुने रासायनिक पदार्थको खरिदमा भएको भ्रष्टाचार र अनियमितताका कारण पनि गलत परिणाम देखिएको हुनसक्छ ।

वीर अस्पतालको हेलचेक्य्राइँ देशमा गरिने अङ्ग प्रत्यारोपणकै गुणस्तरमा प्रश्न उब्जाएको छ । यसैले स्वास्थ्य सेवाको विश्वसनीयता कायम गर्न पनि घटनालाई सामसुम बनाउने प्रयास नगरी जनसमक्ष यथार्थ जानकारी दिनु आवश्यक देखिन्छ । यस्तो गम्भीर हेलचेक्य्राइँ नदोहोरिने सुनिश्चित गर्नुपर्छ ।

यस्तै, वीर अस्पतालको घटनामा दोषीलाई कानुनबमोजिम सजाय दिनुका साथै परीक्षण प्रक्रिया र विधिमा कुनै त्रुटि देखिए त्यसको सुधार पनि गर्नुपर्छ ।  प्रयोगशालाको त्रुटि देखिएमा मानवीय पक्षका साथै रसायनलगायतको खरिदमा हुनसक्ने अनियमितता र भ्रष्टाचारमा पनि ध्यान दिनुपर्छ ।

यही कारणले देशभित्र अङ्ग प्रत्यारोपण रोकिनु वा प्रभावित हुनु भने हुँदैन । यसैले वीर अस्पतालका साथै मेडिकल काउन्सिलले पनि तत्काल छानबिन गरी निष्कर्ष सार्वजनिक गरून् । दोषीलाई उम्काउने र कसैलाई ‘बलीको बोको’ बनाउने प्रयत्न गरियो भने आत्मघाती हुनसक्छ ।
 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक ५, २०७९  १४:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC