site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
मार्जिन कारोबार सुविधा दिने पहिलो ब्रोकर बन्यो नासा सेक्युरिटिज 
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नासा सेक्यूरिटीज कम्पनी (स्टक ब्रोकर नंम्बर ५८) ले नेपालमै पहिलोपटक लगानीकर्ताले सेयर ब्रोकरबाटै कर्जा लिएर सेयर खरिद गर्न सक्ने मार्जिन कारोबार सुविधा प्रदान गर्न गरेको छ । 

नेपाल स्टक एक्सचेञ्जले २०७५ सालमा मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि, २०७५ जारी गरेपछि लगानीकर्तालाई औपचारिक रूपमा यस्तो सुविधा प्रदान गर्ने नासा सेक्युरिटिज पहिलो ब्रोकर कम्पनी बनेको हो । हालसम्म कुनै पनि ब्रोकरले यस्तो सुविधा प्रारम्भ गरेका छैनन् ।

Agni Group
NIC Asia

नासा सेक्युरिटिजले नियमनकारी निकायहरूको मार्गनिर्देशन र मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि, २०७५ बमोजिम लगानीकर्ताहरूका लागि दुई प्रकारका योजनाहरू ल्याएको छ । पहिलो योजनाअन्र्तगत १० लाखसम्मको पोर्टफोलियोमा काम गर्ने ग्राहकले ४० प्रतिशत मात्र नगद मार्जिन राखी कारोबार सुरु गर्न सक्नेछन् । 

यो योजना ३० दिने अवधिका लागि उपलब्ध गराइने बताइएको छ । उक्त योजनामा सेवा शुल्क र ब्याजसहित जम्मा शुल्क नौ हजार ९९९ रूपयाँ लाग्ने कम्पनीले जानकारी दिएको छ । दोस्रो योजना १० लाख रूपयाँसम्मको पोर्टफोलियोमा ५८ दिने अवधिका लागि हुनेछ । यसमा सेवा शुल्क र ब्याजसहित जम्मा शुल्क २१ हजार ५८ रुपैयाँ लाग्नेछ ।

Global Ime bank

यी सुविधा उपभोग गर्न चाहने ग्राहकले नेप्सेबाट जारी मार्जिन कारोबार गर्न योग्य कम्पनीको सूचीभित्र रही कारोबार गर्नुपर्नेछ । कम्पनीले दुवै योजना ग्राहकहरूले आवेदन दिएको ५८ मिनेट भित्रमा स्वीकृत गर्नेछ । 

कम्पनीसँग हाल उपलब्ध स्रोत धेरैभन्दा धेरै लगानीकर्ताहरूलाई सेवा प्रदान गर्ने उद्देश्यबाट परिचालन गरिएको कम्पनीले जानकारी दिएको छ । भविष्यमा धेरै स्रोतको जोहो गरी छिटो छरितो, गुणस्तरीय र भरपर्दो सेवा प्रदान गर्न कम्पनी प्रतिवद्ध रहेको बताइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ३, २०७९  १५:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय