अर्थ व्यवसाय
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीलाई १३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
कम्पनीले आर्थिक वर्ष २०७७/७८ को लागि हाल कायम चुक्ता पूँजीको १३ प्रतिशतका दरले ३६ करोड १३ लाख ५० हजार २५ रुपैयाँ बराबरको बोनस सेयर दिने प्रस्ताव गरेको हो ।
त्यस्तै, उक्त बोनस सेयर प्रयोजनका लागि एक करोड ९० लाख १८ हजार ४२२ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने पनि प्रस्ताव गरेको छ ।
कात्तिक २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । प्रस्तावित लाभांश बिमा समितिबाट स्वीकृत भएर आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात् सेयरधनीले प्राप्त गर्नेछन् ।
प्रकाशित मिति: बिहीबार, कात्तिक ३, २०७९ ११:१०
प्रतिक्रिया दिनुहोस्