राजनीति
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वसाधारणसँग टेलिफोन संवाद गर्ने भएका छन् । चुनावी अभियानअन्तर्गत ओलीले आगामी शुक्रबार (कात्तिक ४ गते) सर्वसाधारणसँग टेलिफोन संवाद गर्न लागेका हुन् ।
उनले संवादका नम्बर पठाउन पनि आग्रह गरेका छन् । कोसँग कुराकानी गर्ने भन्ने तय ओलीको सचिवालयले गर्ने छ । ओलीको फेसबुक पेजमा पठाइएका नम्बरबाट उनको सचिवालयले छानेर आफैँ फोन गर्नेछ ।
चुनावको मिति नजिकिएसँगै राजनीतिक दलहरू प्रचार प्रसारमा केन्द्रित भएका छन् ।
प्रकाशित मिति: मंगलबार, कात्तिक १, २०७९ १९:०६
प्रतिक्रिया दिनुहोस्