देश
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको चिरकालसम्म सम्झना रहने गरी सरकारले योजना बनाएर काम गर्ने बताएका छन् ।
संस्कृतिविद् जोशीको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण गर्दै उनले यस्तो बताएका हुन् । श्रद्धाञ्जली अर्पणका लागि उनी ललितपुर महानगरपालिकाको प्रांगणमा पुगेका थिए ।
जोशीको पार्थिव शरीरलाई अहिले ललितपुर महानगरको प्रांगणमै राखिएको छ । आज अपराह्न ४ बजेसम्म जोशीको पार्थिव शरीर त्यहाँ राखिनेछ । त्यसपछि ग्वार्कोस्थित किस्ट मेडिकल कलेजको जिम्मा लगाइने बताइएको छ ।
जोशीकै इच्छाअनुसार उनको शरीर अस्पताललाई सुम्पने तयारी छ ।
प्रकाशित मिति: आइतबार, असोज ३०, २०७९ १३:५६
प्रतिक्रिया दिनुहोस्