site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
विराटनगरमा फर्निचर उद्योगमा आगलागी, ४५ लाखको क्षति
प्रतीकात्मक तस्बिर ।
SkywellSkywell

मोरङ । विराटनगरको एक फर्निचर उद्योगमा गए राति आगलागी भएको छ । मोरङको विराटनगर महानगरपालिका–९, एकेडेमी मार्गमा रहेको माता धवन्तरी फर्निचर उद्योगमा आगलागी भएको हो । आगलागीबाट करिब ४५ लाख रुपैयाँको क्षति भएको जनाइएको छ ।

आगलागीबाट उद्योगमा रहेका घरटहरा, फर्निचरका सामान र  हार्डवेयरका सामान क्षति भएको छ । विद्युत् सर्ट भएर आगलागी भएको जनाइएको छ ।

Dabur Nepal
NIC Asia

वारुणयन्त्रको सहयोगमा आगो निभाइएको थियो । आगो निभाउन नेपाल प्रहरी, विराटनगर महानगरपालिकाका नगर प्रहरी र स्थानीयवासी परिचालन गरिएको थियो । आगो निभाउन तीन घण्टाभन्दा बढी समय लागेको थियो ।

उद्योगका सञ्चालक श्याम साहले आगलागीबाट टिनको छानो भएको घरटहरा, काठबाट बनेको पलङ, सोफा, टेबल, रङका डिब्बा, प्लाइउड, बोर्ड सबै जलेर नष्ट भएको बताए ।

विराटनगरस्थित वडा प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक दीपेन्द्र पञ्जियार थारुले विराटनगर महानगरपालिकाका तीन, दुहबी नगरपालिकाको एउटा, रंगेली नगरपालिकाको एउटा र नेपाल आयल निगमको एउटा दमकल प्रयोग गरी आगो निभाइएको बताए । रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २८, २०७९  ०९:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu