site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालको अध्यक्षमा शर्मा निर्वाचित

काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई) नेपालको अध्यक्षमा वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट मदनकृष्ण शर्मा निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न २९औँ वार्षिक साधारणसभाले  शर्मालाई अध्यक्ष पदमा निर्वाचित गरेको हो ।

सभाले कार्यसमिति सदस्यमा सुनिता गुरुङ, लीलाप्रसाद सापकोटा, सुरेन्द्रवीर मालाकार, सरोजप्रसाद पाण्डे, महेन्द्र नारायण श्रेष्ठ, राजेशकुमार जोशी, सीता भट्टलाई निर्विरोध निर्वाचित गरेको छ ।

नवनिर्वाचित अध्यक्ष लामो समयसम्म लेखापरीक्षण पेसामा संग्लग्न रहँदै आएका छन् ।  उनी संस्थाको महासचिव र कार्यसमितिको सदस्यका रूपमा विगत चार वर्ष क्रियाशील रहेका थिए ।

९ सदस्यीय कार्यसमितिका उपाध्यक्ष, महासचिव, कोषाध्यक्षको मनोनयन अध्यक्षद्वारा गरिने व्यवस्था संस्थाको विधानमा रहेको छ ।

सभाले संस्थाको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रगति प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन पनि पारित गरेको छ ।                                                     

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  २१:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro