site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
नवौँ राष्ट्रिय खेलकुद : मधेस प्रदेशको दोस्रो जित
SkywellSkywell

काठमाडौं । मधेस प्रदेशले नवौँ राष्ट्रिय खेलकुदको महिला क्रिकेटमा बिहीबार सुदूरपश्चिम प्रदेशलाई १५ रनले पराजित गरेको छ । मधेसको यो लगातार दोस्रो जित हो ।

पोखरास्थित क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको मधेसले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९१ रन बनाएको थियो । ९२ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले ८ विकेट गुमाएर ७६ रनमात्र बनाउन सक्यो ।

Dabur Nepal
NIC Asia

दोस्रो जितसँगै ४ अंक जोडेको मधेस समूह ‘ए’को दोस्रो स्थानमा छ । समान ४ अंक जोडेको एपीएफ रनरेटका आधरमा शीर्ष स्थानमा छ । पराजित सुदूरपश्चिम र वाग्मतीले समान दुई अंक जोडेका छन् । यस समूहमा गण्डकीले कुनै अंक जोड्न सकेको छैन ।

मधेसका लागि साना प्रवीनले ३५ रन बनाए । गोमा आलेले १० रन बनाइन् । मधेसले अतिरिक्त मात्रै २५ रन पाएको थियो । सुदूरपश्चिमकी सावित्री धामीले ४ विकेट लिइन् । यशु पाण्डे र मनिषा चौधरीले एक एक रन बनाए । 

९२ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमकका लागि रितु कनौजियाले २७, रुवि पोदारले १२ र यशोदा विष्टले अविजित ११ रन बनाए । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

मधेस प्रदेशका सन्तोषी चौधरी, अनुराधा चौधरी र शान्ती चौधरीले समान दुई विकेट लिए । सरस्वती कुमारीको नाममा एक विकेट रह्यो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २७, २०७९  १६:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro