site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
नवौँ राष्ट्रिय खेलकुद : महिला क्रिकेटमा एपीएफको सहज जित
SkywellSkywell

काठमाडौं । पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटमा सशस्त्र प्रहरी बल (एपीएफ)ले लगातार दोस्रो जित निकाल्ने क्रममा गण्डकी प्रदेशलाई नौ विकेटले पराजित गरेको छ ।

बिहीबार पोखरा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले १८.२ ओभरमा सबै विकेट गुमाएर २६ रन बनाएको थियो । २७ रनको लक्ष्य एपीएफले २.२ ओभरमा एक विकेट गुमाएर पूरा गर्‍यो ।

Dabur Nepal
NIC Asia

एपीएफकी ज्योति पाण्डेले दुई रन बनाउँदा कप्तान सीता रानामगरले अविजित १२ रन जोडिन् । इन्दु वर्मा नौ रनमा अविजित रहिन् ।

गण्डकीकी सृष्टि जैशीले एक विकेट लिइन् ।

त्यसअघि, पहिले ब्याटिङ गरेको गण्डकीका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । गण्डकीका चार खेलाडीले रनको खाता खोल्न सकेनन् । सबैभन्दा धेरै रन बनाउने खेलाडीले पाँच रन जोडे ।

एपीएफकी इन्दुले दुई विकेट लिँदा सुमन विष्ट, नेरी थापा, निशा भट्ट र सीताले एक/एक विकेट लिए ।

जितसँगै एपीएफले समूह ‘ए’मा दुई खेलबाट चार अंक जोडेको छ । यो समूहमा सुदूरपश्चिम प्रदेश, मधेस प्रदेश र वाग्मती प्रदेशले समान दुई अंक जोडेका छन् । गण्डकी अंकविहीन छ ।

समूह ‘बी’बाट नेपाल पुलिसले सेमिफाइनलमा स्थान बनाइसकेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २७, २०७९  १३:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro