site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बाढी पहिरोका कारण कर्णालीका ७१५ परिवार विस्थापित
फाइल तस्बिर।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

सुर्खेत । पाँच दिनको लगातारको वर्षापछिको बाढी पहिरोका कारण कर्णाली प्रदेशभर ७१५ घर परिवारका चार हजारभन्दा धेरै व्यक्ति विस्थापित भएका छन् । 

प्रहरीको तथ्याङ्कअनुसार ७१५ घरपरिवारका चार हजार १०५ जना विस्थापित भएका हुन् । सबैभन्दा धेरै मुगुका दुई सय १४ घरपरिवारका एक हजार १०२ जना विस्थापित भएका छन् भने सबैभन्दा कम जाजरकोटका र रुकुमपश्चिममा तीन/तीन घरपरिवारका ३० जना व्यक्ति विस्थापित भएका प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

सुर्खेतका आठ घरपरिवारका ४५ जना, दैलेखका २४ घरपरिवारका ९१ जना, सल्यानका ६० घरपरिवारका २२१ जना, जुम्लामा १८७ घरपरिवारका एक हजार १६६ जना विस्थापित भएक प्रदेश प्रहरी कार्यालय कर्णाली प्रदेशका सूचना अधिकारी माधवप्रसाद श्रेष्ठले जानकारी दिए । 

कालीकोटमा १६७ घर परिवारका एक हजार २६९ जना, हुम्लाका ४५ घरपरिवारका १८१ जना विस्थापित भएका छन् भने डोल्पामा चार घरपरिवार विस्थापित भएका छन् । प्रहरीका तथ्याङ्कअनुसार मृतकको सङ्ख्या ३६ पुगेको छ । 

Royal Enfield Island Ad

राहत र उद्धारका लागि एक हजार ९३८ प्रहरी खटाइएको सूचना अधिकार श्रेष्ठले जानकारी दिए । प्रतिकूल मौसमका कारण लिइएको राहत सामग्री प्रभावित व्यक्तिलाई वितरण गर्न नसकिएको जनाइएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २७, २०७९  ०६:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro