site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अतिवाद छोडौं, पहाड–मधेश जोडौं, : प्रचण्ड
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
KFC Island Ad
Dabur Nepal
NIC Asia
Royal Enfield Island Ad

बारा । पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहाडका विरुद्ध मधेश र मधेशका विरुद्ध पहाडलाई उभ्याउने अतिवादी सोच छोडेर पहाड र मधेशलाई जोड्न राजनीतिक दलहरुलाई अपील गरेका छन् ।
स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि शनिबार बारा जिल्लामा आयोजित विभिन्न जनसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पहाड र मधेशलाई जोड्न अपील गरेका हुन् ।
अध्यक्ष प्रचण्डले भने, “पहाडका विरुद्ध मधेश र मधेशका विरुद्ध पहाड उभ्याउने सोचले देशको हित गर्दैन, राष्ट्रिय एकता बलियो हुँदैन, जनताले अधिकार पाउन पनि सक्दैनन् । त्यसैले सबै राजनीतिक पार्टीले पहाड र मधेशलाई भिडाउने होइन, जोड्नेतिर सोच्नुपर्छ ।”
“हामीले जनयुद्ध लड्यौं, त्यो बेला हामी बाहेक कुनै पनि पार्टीमा गणतन्त्र, संघीयता, समानुपातिक भन्ने हैसियत थिएन । हामीले जनयुद्ध लडेर, १३०० को रगत बगाएर, सम्पूर्ण उत्पीडित जनताको पहिचान र अधिकारको लडाई उचाईमा पुगेपछि मधेशवादी दल पनि संघीयता भन्न सक्ने भए,” प्रचण्डले थपे,  “अहिले मधेशी दलहरु संघीयता हाम्रो भन्न खोज्दैछन्, उनीहरुको तागतले संघीयता आएको होइन, क्षेत्रीय र पृथकतावादी शक्तिले देशको नेतृत्व गर्न सक्दैनन् ।’’

सभामा प्रचण्डले माओवादी ठूलो दिलको पार्टी भएको बताएका थिए ।
सिम्रौनगढमा आयोजित सभामा उनले भने, “माओवादीको दिल निकै ठूलो छ । हामीमा संकिर्ण र अतिवादी सोच छैन । हामी हिमाल, पहाड र मधेशका जनतालाई समान माया गर्छौं, सम्मान गर्छौं, हामी कसैलाई अपमान गर्दैनौं र संकिर्ण सोच राख्दैनौं ।”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २५, २०७४  ०७:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro