site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
डिशहोम बाह्रखरी कथा प्रतियोगिताको नतिजा कात्तिक ६ गते 

काठमाडौं । आख्यान साधकहरूको सम्मानमा बाह्रखरी मिडियाले आयोजना गर्दै आएको डिशहोम १२खरी कथा लेखन प्रतियोगिता २०७९का विजेता तथा उत्कृष्ट कथाको संग्रह विमोचन यही कात्तिक ६ गते गरिने भएको छ ।

नेपाली आख्यान साधकहरूको सम्मान तथा आख्यान प्रतिभालाई प्रोत्साहन गर्ने क्रमलाई निरन्तरता दिँदै बाह्रखरी मिडिया प्रा.लि. अन्तर्गतको १२खरी बुक्सले चौथो ‘बाह्रखरी कथा लेखन प्रतियोगिता’ सम्पन्न गर्दैछ ।

नेपाली भाषामा लेखिएको कथाको खुला प्रतियोगितामा नेपालभित्र र संसारभरीबाट ५९६ कथाकारहरूले भाग लिएका छन् । 

यी कथाहरूमध्ये २५ उत्कृष्ट कथाहरूको संगालो प्रकाशन गर्ने र यिनै २५ मध्ये प्रथम, द्वितीय र तृतीय हुने कथाहरूलाई क्रमशः एक लाख, ६० हजार तथा ४० हजार नगद पुरस्कारले सम्मानित गरिने छ । यस पुस्तकमा अटाएका अन्य २२ प्रतिस्पर्धी कथाकारहरूले पनि रु. पाँच हजार तथा सम्मान पत्र प्राप्त गर्नेछन् ।

यस वर्षको कथा प्रतियोगितामा दुईवटा थप आकर्षण थपिएको छ । यसवर्ष देखि बाह्रखरीले नेपालको प्रतिष्ठित प्रकाशक फाइन प्रिन्टसँग सहकार्य गरेको छ । यसवर्षको उत्कृष्ट कथाको प्रकाशनको जिम्मेवारी फाइन प्रिन्टले लिएको छ । त्यस्तै यसवर्ष देखि नेपालका स्थापित वरिष्ठ पाँच कथाकारहरूको नयाँ कथा पनि सो कथा संग्रहमा समाविष्ट हुनेछन् । यसवर्ष बाह्रखरीका लागि नयाँ कथा लेखेर यो पुस्तकमा विशेष आकर्षण थप्ने वरिष्ठ कथाकारहरूमा डा. ध्रुवचन्द्र गौतम, माया ठकुरी, डा. बेन्जु शर्मा, अविनाश श्रेष्ठ तथा राजव छन् ।

यसवर्ष साहित्यकार तथा समालोचक प्रा.डा. कुमारप्रसाद कोइरालाको संयोजकत्वमा साहित्यकारहरू सगुना शाह र उमा सुवेदीसम्मिलित निर्णायक समूहले प्रथम तीनसहित उत्कृष्ठ २५ कथाहरूको चयन गरेका छन् । 

संसारभरी नेपाली कथा लेख्ने सबैका लागि खुलारूपमा आयोजित यसवर्षको कथा लेखन प्रतियोगितमा ५९६ नेपालीभाषी कथाकारहरूले कथा पठाएका थिए । बाह्रखरी मिडियाले सम्पूर्ण सहभागी कथाकारहरूप्रति विशेष आभार व्यक्त गरेको छ । 

पहिलो अंकदेखिनै यस प्रतियोगिताको प्रमुख प्रायोजक डिशहोम रही आएको छ । त्यस्तै अन्य प्रायोजकमा नेपाल इन्भेष्टमेन्ट बैंक र किया मोटर्स छन् भने अजोड इन्स्योरेन्स र सिटी एक्स्प्रेस मनि ट्रान्सफर सहप्रायोजक रहेका छन् । 

गत साउन १५ गतेदेखि भदौ १४ गते मध्यरातसम्मको समयसीमा तोकेर आह्वान गरिएको कथा लेखन प्रतियोगिताको चौथो संस्करणको नतिजाको मिति बाह्रखरीले पहिले तोकेको समयभन्दा करिब एक हप्ता पछि सरेको जानकारी दिँदै दसैं र डेंगी रोगको प्रकोपका कारणले यो ढिलाई हुन गएको मिडियाले स्पष्ट पारेको छ ।  

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, असोज २५, २०७९  १५:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro