site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । रामबाबु– ज्ञानु सामाजिक सेवा पुरस्कार यसवर्ष शारदा देवी चन्दलाई प्रदान गरिने भएको छ ।

रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार कोषको शनिबार बसेको साधारण सभाले यस वर्ष (२०७४) प्रदान गरिने दुई पुरस्कार चन्द र युवराज थापालाई प्रदान गर्ने निर्णय गरेको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

२ लाख र सम्मानपत्रसहित रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार – बनखेत, भीमदत्त नगरपालिका, कञ्चनपुरस्थित महिला तथा वृद्ध सेवा केन्द र  यसका अध्यक्ष शारदा देवी चन्दलाई र एक लाख नगद र सम्मानपत्र सहितको रामबाबु–ज्ञानु समाज सेवी पुरस्कार – सलम्बुटार, साँखु, शङखरापुर, काठमाडौंस्थित द्वन्द्व पीडित अपाङ्ग समाज र यसका अध्यक्ष युवराज थापालाई प्रदान गर्ने निर्णय भएको अध्यक्ष ध्रुब नेपालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी एक लाख नगद र सम्मानपत्र सहितको रामबाबु–ज्ञानु समाज सेवी पुरस्कार – भत्केपाटी, कीर्तिपुर, काठमाडौंस्थित बेबी लाइफ होम र संयुक्त संस्थापक राजकुमार पुन र उमा राई गुरुङलाई प्रदान गर्ने निर्णय भएको छ । 

Royal Enfield Island Ad

स्वयम् सेवाको भावनाले सामाजिक सेवा जस्तो पुनीत कार्यमा उदाहरणीय योगदान गर्ने संस्था वा व्यक्तिलाई पुरस्कृत र सम्मानित गर्ने उद्देश्यले यस पुरस्कार कोषको स्थापना २०७० मा भएको थियो । सुरुमा दुई लाखको एक पुरस्कार मात्र दिइएकोमा २०७२ देखि संरक्षकले थप एक लाख प्रदान गरेकाले दुई पुरस्कार दिंदै आएकोमा २०७४ मा थप रु. एक लाख प्राप्त भएकाले रु. चार लाखको पुरस्कार प्रदान गर्न कोष सक्षम भएको विज्ञप्तिमा जनाइएको छ । पुरस्कारको यो चौथो वर्ष हो । 

पुरस्कृत गरिने प्रतिभा (सामाजिक सेवामा समर्पित संस्था वा व्यक्ति) को छनोट निष्पक्ष र उद्देश्यमूलक ढंगबाट हुन सकोस् भनेर सुनिश्चित गर्न प्रत्येक वर्ष कोषको प्रबन्ध समितिले पाँच सदस्यीय प्रतिभा छनोट समिति गठन गर्ने व्यवस्था गरेको छ । सो समितिले प्राप्त सूचनाको आधारमा सम्भाव्य देखिएका संस्था वा व्यक्तिको योगदान र त्यसबाट परेको प्रभाव बारे वस्तुपरक जानकारी लिन स्थलगत अवलोकन समेत गर्ने गरेको विज्ञप्तिमा उल्लेख छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ २४, २०७४  १७:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro