site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तनहुँमा ९९ जनामा डेंगी संक्रमण, अस्पतालमा शय्याको अभाव
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

तनहुँ । तनहुँमा केही दिनयता ९९ जनामा डेंगी पोजेटिभ देखिएको छ । चार सय चारजनाको स्वास्थ्य परीक्षण गरिएकामा उनीहरूमा पोजेटिभ देखिएको हो ।

तीन सय पाँचजनामा भने नेगेटिभ देखिएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए । डेंगी रोगका बिरामीको सङ्ख्या बढ्दै गएपछि सचेत बन्नुपर्ने देखिएको छ । अन्य रोगका तुलनामा डेंगीका बिरामी बढ्दै जाँदा अस्पतालमा शय्याको अभाव हुन थालेको छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

गत शनिबार मात्रै ११ जनामा डेंगी पोजेटिभ देखिएको दमौली अस्पतालका इमरजेन्सी कक्षका अहेव राजेश क्षेत्रीले जानकारी दिए ।

अस्पतालमा दैनिक दुई सयको हाराहारीमा स्वास्थ्य परीक्षणका लागि आउने बिरामीमध्ये एक सयदेखि एक सय पचास जनासम्म ज्वरोका हुने गरेका छन् । 

Royal Enfield Island Ad

डेंगी हुँदा मानिसमा उच्च ज्वरो आउने, ज्यान दुख्ने र बान्ता गर्ने लगायतका लक्षणहरू देखिन्छ । पन्ध्र शय्या क्षमताको अस्पतालमा ४० शय्यासम्म राखेर सेवा दिँदा पनि शय्या अपुग भएको उनले बताए । डेंगीबाट बच्नका लागि टोलटोलमा गएर अझै मानिसहरूमा सचेतना फैलाउनुपर्ने अवस्था देखिएको अस्पतालले जनाएको छ । 

ज्वरो आएमा पारासिटामोल प्रयोग गर्ने, झोलिलो पदार्थ सेवन गर्ने र प्रशस्त मात्रामा पानी पिउने र आराम गर्न बिरामीलाई सुझाव दिने गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट अभिनन्दन तिवारीले जानकारी दिए । उनका अनुसार आफ्नो घर वरिपरि सफा राख्ने, लामखुट्टे न्यूनीकरण गर्ने, सुत्दा झुलको प्रयोग गर्ने, पानी जम्न नदिनेलगायतका कुरामा ध्यान दिनुपर्ने हुन्छ । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २४, २०७९  २२:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro